रवि लामिछानेका समर्थकहरुको मागले राज्यको विद्यमान विधि, संरचना प्रक्रिया मान्दिन भन्ने देखियो। समर्थकहरुको यस्तो उत्तेजना व्यक्तिको दोधारे चरित्रको अल्पकालीन विश्वास/अविश्वासको दिमागी खेलसँग जोडिएको छ। यस्ता विश्वासहरु कुनै पनि विन्दूमा टुंगिएर व्यक्तिप्रति अविश्वास सुरु हुन सक्छ।
यो खास घटनासँग विभिन्न प्रसंगको बहस उठ्न सक्छ वा उठाउन सकिन्छ। तर, मुख्य घटना भने रविको छविसँग जोडिएको छ। छवि आफैंमा यस्तो चिज हो, जसले व्यक्ति प्रतिको विश्वास र शंका निर्धारण गर्छ। रवि जुन पेसामा आवद्ध छन्, त्यसका आफ्नै सीमाहरु छन्। रविको काम कति नियमसंगत छन्? उनी देखिएझैं नैतिकवान छन् कि छैनन्? यो छलफल बहसको अर्काे पाटो होला। तर, मुख्य चिन्ताको विषय रविको अग्लो छविले संकेत गरिरहेको परिणाम हो।
अहिले रविलाई देवत्वकरण गर्ने काम भइरहेको छ। यसमा ति खास व्यक्तिहरुको दोष थिएन/छैन। दोष मानिसको रुपमा एक व्यक्तिको सीमा, क्षमता र उसको मनोविज्ञान विश्लेषण गर्न नसक्ने हामी मै थियो/छ।
कुनै व्यक्ति विशेषमा छवि निर्माण हुनु राम्रै हो। तर, जुन सामाजिक, आर्थिक र राजनीतिक धरातलमा रविको छवि निर्माण भएको छ, त्यसले हाम्रो विश्वास गलत दिशातिर सोझिएको संकेत गर्दैछ। किनकि सिंगो राज्य संयत्रबाट अपेक्षा गरिनु पर्ने व्यवहार एउटा व्यक्तिबाट अपेक्षा गर्दा अन्ततोगत्वा निराशा नै हात लाग्छ। यो प्रसंगमा देखिएका जनमानसका मुर्ख्याइँ र अविश्वास दुवै गलत छन्।
मुर्ख्याइँको कुरा गर्नु अघि भारतीय लेखक हरिशंकर परसाईको कथा ‘राष्ट्रका नयाँ बोध’को एक प्रसंग लल्लेख गरौं। कथामा सरकारमा रहेकाहरु भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने बताउँछन्। यो कुराले एक अवोध किशोर हौसिन्छ र आफ्नो काकासँग खुसी व्यक्त गर्छ। त्यो बेला काकाले आफ्नो भतिजलाई व्यंग गर्छन् कि दिमागलाई तेज चलाउने एक मान्छेको अगाडि, दिमाग नचलाउने कैँयौँ मान्छेहरु पछि लागिरहेका छन्। राज्य संयन्त्रका एकाध मान्छेहरु दिमाग चलाएर जनतालाई उल्लु बनाइरहेका छन्। सोझो जनता तिनै कुरालाई सत्य मानेर हिँडिरहेका छन्। अन्ततः उनीहरुले आफैं दुःख पाउँछन्।
निश्चय नै रवि लामीछाने तेज दिमागका मान्छे हुन्। यो पेसामा धेरै पत्रकार लागेका छन्। तिमध्ये पनि धेरै पत्रकार नाम मात्रका पनि होलान्। कति राजनीतिक पार्टीको झन्डा बोकेर पत्रकारिता नीति र सिद्धान्त अनुरुप काम गर्न नसक्ने पनि होलान्। तर, कतिपयले साच्चै पत्रकारिताको धर्म निभाएर काम गरेका छन्, गहिराइमा गएर समाजका बेथिति र विसंगति उधिनेका छन्। तर पनि उनीहरु रवि लामिछानेको उचाइमा छैनन्। किनकि यसमा रविले आफ्नो दिमागलाई अलि बढी नै चलाएका छन्।
भलै रविले आफूलाई पत्रकार होइन पनि भनिरहेका छन्। यद्यपि पत्रकारको सट्टा कुनै अभियन्ता नै सही, प्रस्तुति त सभ्य हुनुपर्छ होला। यो रवि लामिलाने स्वयम्ले एक सभ्य नागरिकको हैसियतले ध्यान दिनुपर्ने कुरा हो। अझ बढी ध्यान दिनुपर्ने कुरा चाहिँ हामीमा वा ठूलो जमातमा आलोचनात्मक चेत कति छ भन्ने हो।
आलोचनात्मक तरिकाले नसोच्नेहरु दिमागको अवचेतन तहबाट सोच्छन्। अवचेतनबाट सोच्नेहरु सभ्य नागरिकको भूमिका निभाउन सक्दैनन्। मात्र आफूले जिम्मेवारी निर्वाह नै नगरी आफ्नो लागि बोलिदिने नायकको खोजी गर्छन्।
हामीले रविको सीमालाई बुझेका छौँ कि छैनौं? अहिले रविलाई देवत्वकरण गर्ने काम भइरहेको छ। विगतमा धेरै नेताहरुलाई देवत्वकरण गरिएको थियो। कोही राष्ट्रवादका नाममा, कोही विकासवादी व्यक्तिका रुपमा नेताहरु भगवानझैं भए। सायद यी घटनाक्रम वा परिणामहरुमा ति खास व्यक्तिहरुको दोष थिएन/छैन। दोष मानिसको रुपमा एक व्यक्तिको सीमा, क्षमता र उसको मनोविज्ञान विश्लेषण गर्न नसक्ने हामी मै थियो/छ। यस्तो मस्तिष्कले व्यक्ति स्वयम्लाई हौस्याउने र निराश बनाउने गराइरहन्छ। यो आफैंमा मुर्ख्याइँ हो।
यस्तो मुर्ख्याइँले सधैँ एक नायकको खोजी गरिरहेको हुन्छ। तर, नायकको भूमिका पाएका थुप्रै व्यक्तिलाई जिम्मेवार बनाउन भने चुकिरहेको हुन्छ। किनकि कसैलाई जिम्मेवार बनाउनु पनि चिन्तनमनन गर्नु जरुरी छ। दिमागलाई तेज बनाउनु जरुरी छ। बहकाउमा लागेर उफ्रिने, कराउने र थच्किने मस्तिष्कले अरुलाई जिम्मेवार बनाउन त परको कुरा, आफ्नो सामान्य जिम्मेवारी पूरा गर्न पनि सकिरहेको हुँदैन।
उदाहरण चितवनकै लिऊँ, रवि लामिछानेको रिहाइको माग गर्दै धेरै मानिस सडकमा आए। सडकमा आउनेले प्रयोग गरेका पानीका बोत्तल, खाद्य सामग्रीले चितवनमा फोहोर राम्रै भयो भन्ने खबर पढियो। आफूले गरेको फोहोरको व्यवस्थापन गर्नु हरेक सभ्य नागरिकको कर्तव्य हो। तर, त्यो भएन। सम्भवतः आन्दोलन सकिएपछि, त्यो व्यवस्थापनको अपेक्षा भरतपुर नगरपालिकासँग गरियो। किनकि आलोचनात्मक तरिकाले नसोच्नेहरु दिमागको अवचेतन तहबाट सोच्छन्। अवचेतनबाट सोच्नेहरु सभ्य नागरिकको भूमिका निभाउन सक्दैनन्। मात्र आफूले जिम्मेवारी निर्वाह नै नगरी आफ्नो लागि बोलिदिने नायकको खोजी गर्छन्।
मानिसहरुको अविश्वासप्रति सरकारले ध्यान नदिनु र कुनै व्यक्ति विशेषले आश्वासन दिने दुवै काम व्यवहारिक होइनन्। किनकि सरकारले ध्यान नदिनु भनेको गैरजिम्मेवारीपन हो भने व्यक्तिले आश्वासन दिनु महात्वाकांक्षा मात्र हो।
मुर्ख्याइँसँगै जोडिएर आएको अर्काे पक्ष हो अविश्वास। सरकारको कामदेखि निराश छन् सर्वसाधरण। अझ भनौँ सरकारको कामले निराश बनाउँदै आएको छ। यसका लागि नेकपाको वर्तमान सरकारमाथि मात्रै दोष थुपार्नु युक्तिसंगत हुँदैन। विगतका सरकारका कामहरु पनि जोडिन्छन्।
साथै, सरकार भनेको राजनीतिक दललाई प्रतिनिधित्व गर्दै बनेका प्रधानमन्त्री र मन्त्री मात्र होइनन्। राज्य सञ्चालनको संरचनामा बसेर काम गर्ने सबै कर्मचारी पर्छन्। राज्यको प्रणालीलाई चुस्त, दुरुस्त राख्न यी कर्मचारीहरुको भूमिका अहम् हुन्छ। तर, राज्य प्रणाली पारदर्शी र चुस्त छैन। यही कारण सर्वसाधरण निराश छन्। यो निराशाले अविश्वासको पर्खाल खडा गरेको छ।
भनिन्छ प्रणालीले काम गरेन भने यसलाई ठिक गर्नुपर्छ। तर, नागरिकका विश्वास अब यो प्रणाली ठिक नहुनेगरी बिग्रियो भन्ने खालको देखिन्छ। कुनै पनि राज्यको प्रणाली धातुले बनेको यन्त्र होइन। जो फेरि नबन्ने गरी बिग्रन्छ। तसर्थ प्रणालीप्रति नागरिकको विश्वास नहुनु उचित होइन। यी मानिसहरुको अविश्वासप्रति सरकारले ध्यान नदिनु र कुनै व्यक्ति विशेषले आश्वासन दिने दुवै काम व्यवहारिक होइनन्। किनकि सरकारले ध्यान नदिनु भनेको गैरजिम्मेवारीपन हो भने व्यक्तिले आश्वासन दिनु महात्वाकांक्षा मात्र हो।
यो मुर्ख्याइँ र विश्वासको खेलमा हाम्रो समाजको चरित्र पनि भुल्नु हुँदैन। सतही विश्लेषणबाटै थाहा हुन्छ कि यो हाम्रो समाजले नैतिकताको आवश्यकता औंल्याउँछ। तर, बेइमानको पूजा र प्रशंसा गर्छ। समूहभित्र व्यक्तिवादी सोच बोक्ने चरित्र छ हाम्रो समाजको। सरकारी कर्मचारीको आलोचना गर्ने हामीमध्ये कोही त्यो क्षेत्रमा प्रवेश गर्यौं भने आफ्नो जिम्मेवारीमा कम, द्रव्य आर्जनमा बढी ध्यान दिन्छौँ।
मस्तिष्कको एउटा कुनामा लोभलाई जीवित राखेर अरुबाट सदाचारको अपेक्षा गरिरहेका छौं हामी। यस्तो सोचले सिंगो समाजलाई भ्रष्ट बनाउँदै लगेको छ। त्यो भ्रष्ट समाजले आफैंलाई पिरोल्न थालेपछि एक नायकको खोजी गर्दैछौं। अब नायकको पछि लागेर सुधार आउँछ वा सुधारको लागि सधैं आफू सचेत रहनुपर्छ? हाम्रो मस्तिष्कले यो कुराको छिनाफानो गर्नुपर्छ।
परिवार वा आफन्तले पनि जिम्मेवारी निभाएर इज्जत कमाउँदा खासै प्रशंसा गर्दैन। तर, कमाइले नभ्याउने घर बनायो, जग्गा-जमिन र गरगहना जोड्यो भने प्रशंसा गर्छ। नेतालाई दिनरात गाली गर्छाैं, तर आफूले राजनीतिक सहभागिता जनाउँदा विवेक पुर्याउँदैनौं। नेताले यसो र त्यसो गर्नुपर्छ भन्छौं, तर परेको बेला ति नेतासँग आफ्नो मात्र दुनो सोझ्याउँछौं।
यस्तो दोधारे चरित्र अवचेतन मस्तिष्कको परिणाम हो। चेतन मस्तिष्कले अरुबाट धेरै आश गर्दैन। बरु निरन्तर आफ्नो जिम्मेवारीप्रति सचेत हुन्छ।
मस्तिष्कको एउटा कुनामा लोभलाई जीवित राखेर अरुबाट सदाचारको अपेक्षा गरिरहेका छौं हामी। यस्तो सोचले सिंगो समाजलाई भ्रष्ट बनाउँदै लगेको छ। त्यो भ्रष्ट समाजले आफैंलाई पिरोल्न थालेपछि एक नायकको खोजी गर्दैछौं। अब नायकको पछि लागेर सुधार आउँछ वा सुधारको लागि सधैं आफू सचेत रहनुपर्छ? हाम्रो मस्तिष्कले यो कुराको छिनाफानो गर्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।