काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) मिडिया काउन्सिल विधेयकमाथि संशोधन प्रस्ताव दर्ता, पत्रकारिता गर्न लाइसेन्स परीक्षा दिनुपर्ने प्रस्ताव, प्रेस प्रतिनिधिलाई मापदण्ड तोक्न माग
२) वीरगन्ज महानगरपालिका आपराधिक गतिविधिको ट्रान्जिट प्वाइन्ट बन्दै, तीन महिनाको अवधिमा मात्र तीन सयभन्दा बढी आपराधिक घटना
२)सरकारले ल्याएको वन विधेयकको सैद्धान्तिक अवधारणामाथि नेपाली कांग्रेसको आपत्ति, संवैधानिक व्यवस्था विपरीत विधेयक ल्याएको दाबी
४)१३औं दक्षिण एसियाली खेलकुद सागका लागि २० टेबलटेनिस खेलाडी प्रारम्भिक छनोटमा, केही दिनको प्रशिक्षण पछि १० खेलाडी छानिने
५) र,आफूसँग ससाना परमाणु बम रहेको भन्दै कमजोर नठान्न भारतलाई पाकिस्तानको चेतावनी, यस्ता आक्रामक बयानहरु भड्काउपूर्ण भएको भारतको भनाइ
अब पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।