काठमाडौं – एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको सेमिफाइनलमा घरेलु टाेली मलेसियालार्इ १० विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हाे। फाइनलमा स्थान बनाएसँगै नेपाल यू–१९ एसिया कपमा छनाेट भएको छ।
मलेसियाले दिएको १ सय २२ रनको लक्ष्य नेपालले २३.१ ओभरमा बिना विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा ओपनरद्वय सन्दीप सुनार नटआउट ५१ र मोहमद आसिफ शेखले नटआउट ५० रन जोडे । सन्दीपले ७७ बल खेलेर ८ चौका हिर्काए भने आशिफले ६५ बलमा ८ चौका र १ छक्का प्रहार गरे।
यो पनि पढ्नुस् : नेपाल सातौं पटक फाइनलमा, उपाधिका लागि हङकङसँग प्रतिस्पर्धा गर्ने
मलेसियाको बायुमास ओभलमा टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको मलेसिया ४२ ओभर १२१ रनमा अलआउट भयो। मलेसियालाई सामान्य योगफलमा समेट्ने क्रममा नेपालका कप्तान दीपेन्द्रसिंह एेरी एक्लैले ५ विकेट लिए। यस्तै पवन शर्राफले २ विकेट लिए। रोहित पौडेल, सन्दीप लामिछाने र सहाब अलामले पनि १-१ विकेट लिए। सहाबले मलेसियाका लागि सर्वाधिक रन बनाएका डे सिल्भालाई ३९ रनमा अाउट गरेका हुन्। यस्तै विरनदिप सिंहले २५ रनको योगदान गरे।
नेपालले पछिल्लो तीन महिनामा मलेसियाको युवा टोलीलार्इ पराजित गरेको तेस्रो पटक हो। तीन महिनाअघि सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपाल र मलेसिया दुई पटक भिडेका थिए। दुवै खेलमा नेपालले मलेसियलाई समान ५–५ विकेटले हराएको थियो।
नेपालकाे ब्याटिङ स्कोरकार्ड

मलेसियाकाे बलिङ स्कोरकार्ड

मलेसियाकाे ब्याटिङ स्कोरकार्ड

नेपालकाे बलिङ स्कोरकार्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।