काठमाडौं- राजधानीमा अन्तर्राष्ट्रिय प्रिन्टिङ एन्ड फोटोग्राफी एक्स्पो चलिरहेको छ।
भृकुटीमण्डप प्रदर्शनीकक्षमा शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको एक्स्पोमा फोटोग्राफी तथा प्रिन्टिङ सम्बन्धी ४२ वटा स्टल राखिएका छन्। प्रदर्शनीमा स्वदेशीका साथै विभिन्न विदेशी कम्पनीहरुको पनि सहभागिता छ।
नेपाल फोटो पत्रकार समूह (एनएफपिजे) ले नेपालमा पहिलो पटक उक्त प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनी आइतबारसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।