काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) चिनिया ह्याकरद्वारा ३ बैंकका एटिएमबाट पौने २ करोड चोरीको प्रयास, सम्बन्धित बैंकको एटिएमबाट मात्रै पैसा झिक्न राष्ट्र बैंकको आग्रह ।
२) प्रधानमन्त्री ओलीको उपचार बुधबार सकिने, सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुने ।
३) कार्यालय समयमा मोबाइलमा संवाद नगर्न विमानस्थलका कर्मचारीलाई मन्त्री भट्टराईको निर्देशन, छानबिनमा रहेका कर्मचारीलाई तत्काल हटाउने चेतावनी ।
४) महिला भलिबल टिमको क्याम्पबाट बाहिरिए ७ खेलाडी, पहिलो चरणमा १८ खेलाडी छनोट, क्लोज क्याम्पपछि अन्तिम टुङ्गो लाग्ने ।
५) र, आसाममा एक लाख नेपालीभाषी भारतीय नागरिकता सूचीबाट हटाइए, अन्तिम सूचीमा १९ लाखभन्दा बढी मानिसको नाम समावेश गरिएन ।
अब पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।