• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'चिठीको एक वाक्यले नेपाल फर्किएँ'

64x64
नेपाल लाइभ शनिबार, माघ २०, २०७४  ११:३३
1140x725

काठमाडौं- २०३५ सालमा उनी क्याम्पस पढ्न थालिसकेका थिए। १५ वर्षको फुच्चे सुनील पोखरेललाई कलेज पढ्ने केटीहरूले सहपाठी नै भए पनि 'भाइ' भनेर बोलाउँथे तर उनले कसैलाई 'दिदी' सम्बोधन गरेनन्। उनी नामैले बोलाउँथे। साइकोलोजीका विद्यार्थी सुनील केटीहरूले 'भाइ' भन्दा लाजले भुतुक्क हुनेगरेको सम्झिन्छन्। 

सानैदेखि पढ्नमा अब्बल सुनील कोर्ससँगै बाहिरी किताब पनि खुबे पढ्थे। अंग्रेजी पढ्न गाह्रो लाग्थ्यो तर नेपाली र हिन्दीका किताब भने उनी सहजै छिचोल्थे। पढ्न उनलाई मजा लाग्थ्यो। अचेल पनि घर बसेको दिन, उस्तै परेको २-३ वटा किताब पढी भ्याउँछन् उनी। 

नेपाली रंगमञ्चमा उँचो स्थानमा रहेका सुनीललाई पढ्ने बानीले नै दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित नाट्य स्कुल भारतको 'नेसनल स्कुल अफ ड्रामा' एनएसडीमा पुर्या इदियो।

२०३६ सालमा पहिलो पटक एकेडेमीमा छात्रवृत्तिमा नाटक सिक्न काठमाडौं आएका सुनीलले काठमाडौंमा पत्रकारिता गरे। साना-साना बालबालिकाको शिक्षक पनि बने। तर, उनलाई रंगमञ्चमा लडिबुडी खेल्नु थियो। नेपाली नाटक इतिहासको महत्वपूर्ण र छुटाउन नहुने एउटा पाठ बन्नु थियो। त्यसैले उनी पत्रकारिता र शिक्षण पेसामा लामो समय अल्झिएनन्। उनी नाटकमै रत्तिए। 

२४ वर्षको युवा उमेरमा 'बेस्ट अलराउन्डर' विद्यार्थी बनेर भारतबाट नेपाल फिरेका उनले नाटकमा दर्जनौं उम्दा विद्यार्थी नेपाली रंगमञ्चलाई दिइसकेका छन् र थपिने क्रम जारी छ।

***

'विशेष गरी हिन्दी भाषामा लेखिएका कथा, नाटक, उपन्यास पढेको प्रभावले नै म एकेडेमीमा नाटक सिक्नका लागि छात्रवृत्तिमा छानिएको हुँ। एक मात्र कारण पढाइ नै हो,' उनले भने, 'एकेडेमीमा बिहान ७-९ बजेसम्म तालिम हुन्थ्यो। दिउँसोभरि खाली। रत्नपार्कमा रिमझिम भोजनालय थियो। त्यहाँ गएर खाना खाएर म नेपाल-भारत पुस्तकालय छिर्थें। दिउँसो खाजा खान एकपटक बाहिर निस्कन्थें। नत्र लाइब्रेरी बन्द नभएसम्म पढिरहन्थें।'

तीन महिनादेखि रोजै आएर लगातार पढेको मात्रै देखेपछि सोही लाइब्रेरीमा काम गर्ने एकजना दिदीले उनलाई पुस्तकालयको सदस्य बन्न सुझाइन्। सदस्य बन्न सिफारिस चाहिन्थ्यो। सिफारिस पनि उनैले गरिदिइन्। त्यसपछि उनको पढ्ने समय दिनसँगै रातमा पनि थपियो।

Ncell 2
Ncell 2
nimb
nimb

भन्छन्, 'दिनभरि लाइब्रेरीमा पढ्थें। साँझमा निस्कँदा एउटा किताब लान्थें। रातभरिमा पढिसक्थें। भोलिपल्ट बुझाउँथे। ती दिदी मेरो पढाइ देखेर जिल खान्थिन्।'

विराटनगरबाट काठमाडौं आउँदा उनले नाटक गर्नेबाहेक अर्को विकल्प सोचेका थिएनन्।

'तर केही गर्न र हुन सकिनँ भने विराटनगर फर्केर खेतीपाती गर्छु भन्नेचाँहि थियो,' उनले काठमाडौं आउँदाको कुरा सम्झिए।

उनले पुस्तकालयमा भएका नाटक, कथा, उपन्यास खर्लप्पै पढिसकेको थिए। एकेडेमीमा नाटकको प्रशिक्षण सकिसकेको थियो। उनी करारका कलाकार भइसकेका थिए। नाटकहरू गरिरहेका थिए। ०३८ सालदेखि ०४०/०४१ सालसम्म नाटक खुब जम्ने गरेको सम्झिन्छन् उनी। प्रायः नाटक मञ्जनमा दर्शकको बाक्लो उपस्थिति हुन्थ्यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैबेला उनले बद्री अधिकारीसँग मिलेर दुई तल्लाको 'सेट' लगाएर 'एउटा युद्ध अध्यारोसँग' नामक 'हरर' नाटक गरे। ११ दिनभन्दा बढी नाटक चलेन। उनले नाटकबाट घटा बेहोरे। पहिलो नाटकमा पैसा नलिएबापत सुनील र बद्री अधिकारीले नयाँ 'सिको फाइभ' घडी उपहार पाएका थिए। अन्ततः तिनै घडी धरौटी राखेर नाटक गर्दाको घाटा मिलान गरे उनीहरुले।'पछिसम्म त्यो घडी उकास्न पाए हुन्थ्यो भन्ने लागिरह्यो,' सुनीलले सम्झिए, 'मिथिला आर्टमा ९-१० हजार तिर्नुथियो, त्यो माफी भयो।' 

उनी र बद्री अधिकारी एनएसडीमा पढ्न भनेर भारतको राजधानी दिल्लीतिर हान्निए। एनएसडीमा एउटा ब्याचमा जम्मा २० जनाले प्रवेश पाउँथे। भर्ना हुन प्रतिस्पर्धा चर्कै हुन्थ्यो। लिखित, अन्तर्वार्ता र अभिनयको कसीका आधारमा विद्यार्थी छानिन्थे। सबैभन्दा अन्तिममा अन्तर्वार्ता हुन्थ्यो। एउटा समूहले अन्तर्वार्ता लिएर भर्नाका लागि सामूहिक निर्णय लिन्थे।

रातको १२-१ बजेतीर सुनीलको अन्तर्वार्ता दिने पालो आयो। 'अन्तर्वार्ता लिनेमध्ये एक थिए, नवीनचन्द्र जैन। उनी भारतका ठूला नाटक क्रिटिक्स थिए।'

सुनीललाई भारतीय नाटकहरू के-के पढेको छ भनेर सोधियो। उनले फटाफट नेपाल-भारत पुस्तकालयमा पढेका नाटकहरूको नाम लिए। उनले बताएका नाटकहरूको सूची लामो थियो।

अन्तर्वार्ता लिन बसेकाहरुले छक्क पर्दै सोधे,'कसरी पढ्यौ?'

उनले जवाफ दिए, 'हाम्रोमा इन्डियन लाइब्रेरी छ, त्यहीँ पढेको।'

उनीहरूले फेरि सोधे, 'विजय तेन्तुलकरको के-के पढेका छौ?'

विजयको भर्खर एउटा नयाँ नाटक निस्केको थियो। त्यो एउटा उनले पढेका थिएनन्। सुनीलले त्यो बाहेक सबै पढेको छु भने।

उनीहरूले एकअर्कासँग मुखामुख गरे। सुनीलको जवाफबाट प्रभावित हुँदै उनीहरुले अर्को प्रश्न तेर्स्याए, 'यहाँ अन्तर्वार्ता लिन बसेका ककसलाई चिनेका छौ?'

उनले नवीनचन्द्र जैनसहित अन्य दुई जनालाई पनि चिने। जैनलाई पनि चिन्छु भनेपछि थप अचम्भित भएका उनले कसरी चिन्यौ भनेर सोधे। सुनीलले जवाफ दिए, 'दिनमान'मा तपाईंले लास्ट कोलक लेख्नु हुन्छ। म त्यो सँधै पढ्छु। त्यहीँ आएको फोटोबाट चिनेको।'

अन्तर्वार्तामा सुनील पास भए तर सँगै गएका बद्री अधिकारी छानिएनन्। उनले भने, 'नेपालमा पनि एकेडेमीमा दाइ फेल भएका थिए। उता पनि छानिएनन्। उनी फर्किए।'

उनीसँग एनएसडीमा नाटक पढिरहँदाको अर्को रोचक प्रसंग पनि छ। कोर्समा मोर्डन इन्डियन ड्रामा, वर्ल्ड थिएटर र क्लासिकल डिन्डियन ड्रामा पढ्नुपर्थ्यो। ती विषयमा उनी जहिले पनि टप स्कोरर।

नवीनचन्द्र जैनकी छोरी त्यहीँ पढाउँथिन्। एउटा नेपाली केटाको नतिजाबाट प्रभावित उनीसँगै पढ्ने भारतीय विद्यार्थीलाई व्यंग्य कस्थिन्।

उनी ठाडै भन्थिन्, 'थुइक्क मोरा इन्डियनहरू हो, एउटा नेपाली विद्यार्थीले मोर्डन इन्डियन ड्रामामा हाइएस्ट नम्बर ल्याउँछ। तिमीहरु हेरेर बस।'

'भारतका फरक-फरक प्रान्तबाट आउने भएकाले सबै विद्यार्थीको हिन्दी राम्रो हुँदैनथियो। पहिलेदेखि हिन्दी पढ्ने बानीले म अलि जान्ने भएँ,' सुनीले भारत पढ्दाको क्षण सम्झिए, 'हिन्दी राम्रो हुने जम्मा तीन जना थियौं। म, भोपालको एउटा साथी अनि इरफान खानकी पत्नी।'

***

नाटकका विद्यार्थीका लागि एनएसडी इँटाको भट्टाजस्तो थियो, जहाँ सुनीलजस्ता कच्चा इँटाहरूलाई तताइन्थ्यो, पकाइन्थ्यो र पक्का बनाइन्थ्यो।

'त्यो एउटा गम्भीर किसिमको पढाइ थियो। नाटकका हरेक विधा जान्नुपर्थ्यो। अझ निर्देशक पढ्नेका लागि ज्यादा सास्ती थियो,' उनी भन्छन्, 'बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म नाटकबाहेक अरू सोच्दैन थियौं। दिनभरिको पढाइ र सिकाइ त छँदै थियो, होमवर्क पनि उस्तै। सुत्दा सँधै २-३ बजेको हुन्थ्यो।'

एनएसडीमा एउटै ब्याचमा सबैभन्दा बढी निर्देशक उनकै पालामा पढेका थिए। 'पहिला ४-५ जना हुन्थे। हाम्रो पालामा ८ जना निर्देशक भयौं,' उनले भने, 'मलाई र कर्नाटककी एउटी केटीलाई पहिला निर्देशन पढ्न दिएनन्। हामीले मानेनौं। अभिनय क्लासमा जाँदै गएनौं। जबरजस्ती निर्देशनको क्लासमै बस्यौं। एक्टिङ राम्रो छ, एक्टिङ गर भन्दा पनि हामीले अटेर गर्यौ। डिपार्टमेन्टले वाक्क भएर हामीलाई निर्देशन पढ्न दियो।'

उनले अर्को प्रसँग पनि जोडे-

'म युरोपबाट नेपाल फर्कंदै थिएँ। दिल्लीमा ट्रान्जिट थियो। फर्कंदा छेउको सिटमा एकजना भारतीय थिए। कुराकानीका क्रममा एनएसडीमा पढेको भनेपछि उनले मेरो खुट्टा ढोगे। भारतमा त्यत्रो सम्मान छ तर नेपालमा कुनै अर्थ छैन।' 

दिल्लीबाट काठमाडौं फर्किने क्रममा उनलाई अप्ठयारो पर्यो । जेट एयरवेजको फ्लाइट केही कारणले नेपाल आइरहेको थिएन। भने, 'ती भारतीयले एनएसडी पास आउट भनेर इज्जत गरेर ड्रुक इयरमा नेपाल जाने व्यवस्था मिलाए र लगेज भोलिपल्ट नेपाल ल्याइदिए।'

एनएसडीबाट पास हुनु भनेको भारतीय कला क्षेत्रमा अथाह सम्भावनाको ढोका खुल्नु हो। आज पनि एनएसडी पढेका थुप्रै कलाकार, निर्देशक बलिउडमा जमेका छन्। तर, मुम्बई नगरीले उनको मन खिचेन।

किन त?

'हाम्रो बेलामा एनएसडी पढेर मुम्बई जानु सबैभन्दा झुर काम थियो। जाने मान्छेलाई त्यो मान्छे बिग्रियो भन्थ्यौं। हाम्रा ब्याचका धेरै साथी गएनन्। इरफान खान क्लियर थियो, फिल्ममा जाने भनेर, त्यसैले ऊ गयो। मणिपुरको साथी मणिपुर फर्कियो। सिक्किमको दाइ थियो सिक्किम नै फर्कियो। काश्मिरको साथी कश्मिर नै गयो। म देश फर्किएँ।'

त्यसो त सुनीलले 'सलाम बम्बे' नामक फिल्ममा खेल्ने मौका छोडेका थिए। फिल्मकी निर्देशक मिरा नायर क्यान्डाबाट आएर आफ्नो पहिलो फिल्मको तयारी गरिरहेकी थिइन्। फिल्मको वर्कसपमा सुनील बसेका थिए। उनी कर्नाटकमा नाटकका आगामी दिन बिताउने तरखरमा थिए। 'टिकट काटिसकेको थिएँ। तर, नेपालबाट आएको एउटा चिठ्ठीले मेरो खुट्टा कर्नाटकबाट नेपाल सोझियो,' भने, 'सायद म त्यतै सेटल हुन्थें होला। मलाई नेपालबाट शैलस आचार्य दाइले पठाएको चिठ्ठीले देश फर्कायो।'

चिठ्ठीमा लेखिएको एउटा लाइनले उनको मस्तिष्क हल्लाएको थियो। चिठ्ठीमा शैलेसले लेखेका थिए, 'भारत हाम्रा लागि ठूलो मुलुक हो भने भूटान हाम्रा लागि सानो मुलुक। तर नेपाल हाम्रा लागि ठिक्कको मुलुक हो। सुनील नेपाल फर्क, सुख-दु:ख सँगै गरौंला।'

उनले थपे, 'यही एउटा वाक्यले म नेपाल फर्कें र नाटक कर्ममा लागें।'

प्रकाशित मिति: शनिबार, माघ २०, २०७४  ११:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्