काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) सागरनाथ वन विवादः संघीय सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, संघ र प्रदेश विवादमा पहिलोपटक सुनुवाइ।
२) सडक दुरवस्था उस्तै रहे अबको धर्ना सिंहदरबारमा हुने गगन थापाको चेतावनी, सडक समस्यालाई लिएर काठमाडौं क्षेत्र नम्बर '४' का जनता सडक विभागमा।
३) दैलेख लैजान लागिएका गाईगोरु गन्तव्य नपुग्दै भीरबाट खसालियो, १६ गाई मृत फेला, डेढ सयभन्दा बढी घाइते।
४) विश्वकप फुटबलको छनोट खेल्ने राष्ट्रिय टिमको बिदाइ, विराज टिममा नपरेपछि कप्तानमा किरण चेम्जोङ।
५) काश्मीरमा स्थानीयमाथि ज्यादती भइरहेको खुलासा, आफूलाई नकुट्न बरु गोली हान्न स्थानीयको आग्रह, आरोप आधारहीन भएको भारतीय सेनाको दाबी।
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।