काठमाडाैं– एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाललार्इ घरेलु टोली मलेसियाले १२२ रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास ओभलमा टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको मलेसिया ४२ ओभर १२१ रनमा अलआउट भयो।
मलेसियालाई सामान्य योगफलमा समेट्ने क्रममा नेपालका कप्तान दीपेन्द्रसिंह एेरी एक्लैले ५ विकेट लिए। यस्तै पवन शर्राफले २ विकेट लिए। रोहित पौडेल, सन्दीप लामिछाने र सहाब अलामले पनि १-१ विकेट लिए। सहाबले मलेसियाका लागि सर्वाधिक रन बनाएका डे सिल्भालाई ३९ रनमा अाउट गरेका हुन्। यस्तै विरनदिप सिंहले २५ रनको योगदान गरे।
लाइभ अपडेटका लागि यहाँ क्लिक गर्नुस्।
फाइनल पुग्ने टोली यू–१९ एसिया कपको लागि छनोट हुनेछ। प्रतियोगिताअन्तर्गत अर्काे सेमिफाइनलमा हङकङ र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ। नेपाल जस्तै हङकङ पनि प्रतियोगिताको अपराजित टोली हो। हङकङले समूह चरणमा मलेसिया, म्यानमार र चीनलाई हराएको थियो। नेपालले भने थाइल्यान्ड, भुटान र सिंगापुरलाई आफ्नो सिकार बनायो।
नेपालले पछिल्लो तीन महिनामा मलेसियाको युवा टोलीसँग प्रतिस्पर्धा गरेको यो तेस्रो पटक हो। तीन महिनाअघि सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपाल र मलेसिया दुई पटक भिडेका थिए। दुवै खेलमा नेपालले मलेसियलाई समान ५–५ विकेटले हराएको थियो।
स्कोरकार्ड हेर्नुस्


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।