काठमाडौं– एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बायुमास ओभलमा टस जितेको नेपालले पहिले बलिङ गरिरहेको छ। ।
मलेसियाले ३३ ओभरमा सय रन पूरा गरेको छ भने अहिलेसम्म ६ विकेट गुमाइसकेको छ। नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिएका छन्। रोहित पौडेल र सहाब अलामले १-१ विकेट लिए। मलेसियाका लागि नालिन डे सिल्भाले सर्वाधिक ३९ रन जोडे भने विरनदिप सिंहले २५ रनको योगदान गरे।
फाइनल पुग्ने टोली यू–१९ एसिया कपको लागि छनोट हुनेछ। समूह ‘ए’ मा लगातार तीन खेलमा जित निकालेको नेपालले मलेसियलाई हराएर फाइनल पुग्ने लक्ष्य राखेको छ।
प्रतियोगिताअन्तर्गत अर्काे सेमिफाइनलमा हङकङ र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ। नेपाल जस्तै हङकङ पनि प्रतियोगिताको अपराजित टोली हो। हङकङले समूह चरणमा मलेसिया, म्यानमार र चीनलाई हराएको थियो। नेपालले भने थाइल्यान्ड, भुटान र सिंगापुरलाई आफ्नो सिकार बनायो।
लाइभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।