काठमाडौं– एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बायुमास ओभलमा टस जितेको नेपालले पहिले बलिङ गरिरहेको छ।
घरेलु मैदानमा मलेसियाले सामान्य सुरुवात गरेको छ। मलेसियाले १५.२ ओभरमा ५० रन पूरा गरेको हो। अहिलेसम्म मलेसियाले एक विकेट मात्र गुमाएको छ। मलेसियाका सयद मुबारक ५ रन बनाएर आउट भए। उनलाई नेपालका राेहित कुमार पौडेलले आउट गरे। मलेसियाको रनरेट पनि राम्रो छ। ५० रन पूरा गर्दा मलेसियाको रनरेट ३ भन्दा माथि छ। नेपालका लागि अहिलेसम्म किशोर महताे, सन्दीप लामिछाने, पवन शर्राफ र सहाब अलामले बलिङ गरेपनि विकेट लिन सकेका छैनन।
फाइनल पुग्ने टोली यू–१९ एसिया कपको लागि छनोट हुनेछ। समूह ‘ए’ मा लगातार तीन खेलमा जित निकालेको नेपालले मलेसियलाई हराएर फाइनल पुग्ने लक्ष्य राखेको छ।
प्रतियोगिताअन्तर्गत अर्काे सेमिफाइनलमा हङकङ र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ। नेपाल जस्तै हङकङ पनि प्रतियोगिताको अपराजित टोली हो। हङकङले समूह चरणमा मलेसिया, म्यानमार र चीनलाई हराएको थियो। नेपालले भने थाइल्यान्ड, भुटान र सिंगापुरलाई आफ्नो सिकार बनायो।
लाइभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।
लाइभ अपडेटका लागि यहाँ क्लिक गर्नुस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।