वीरगञ्ज- वीरगन्ज महानगरपालिकाको नगर प्रमुख विजयकुमार सरावगीको विरोधमा राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदर्शन गरेको छ।
जिम्मेवारी सम्हालेको दुई वर्षमा पनि नगरको विकास र नगरवासीको हितमा काम गर्न नसकेको भन्दै (राजपा) नेपालले बुधबार सरावगीको विरोधमा प्रदर्शन गरेको हो।
राजपाले बुधबार वीरगन्जमा नगर प्रमुख सरावगीको विरोधमा नाराबाजी गर्दै जुलश निकालेर प्रदर्शन गरेको हो।
घण्टाघर छेउको लालबंगला परिसरबाट राजपाले निकालेको विरोध जुलुशमा सहभागी नेता तथा कार्यकर्ताले नगर परिक्रमापछि मेयर सरावगीलाई ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा राजपाले दुई वर्षको कार्यकालमा वीरगन्ज महानगरमा भौतिक विकास निर्माणका काम नभएको, विकास निर्माणका योजना अलपत्र पारिएको, महानगरको सामुदायिक विद्यालयमा सुधार गर्नुको सट्टा नगर प्रमुख सरावगीले हस्तक्षेप गरि झन धराशायी बनाएको, नगरवासीलाई सेवा सुविधा दिनको सट्टा करको भार मात्रै थोपार्ने काम गरिएको आरोप लगाइएको छ।
नगर प्रमुख सरावगीले महाननगरमा रहेका सार्वजनिक जग्गा र सम्पतिको संरक्षण गर्न नसक्दा भुमाफियाहरुले कब्जा गर्ने चलखेल गरिरहेको आरोप पनि राजपाले लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।