अमेरिका- अघिल्लो वर्षको तुलनामा थोरै आइफोन सेट बिक्री भए पनि एप्पलले वर्ष २०१७ को अन्तिम महिनामा उच्च मुनाफा कमाएको छ। यो मुनाफालाई थोरै सेट बिक्री भएको भर्पाइको रुपमा हेरिएको छ।
जापान र युरोपमा कारोबार बढेपछि ऐतिहासिक २० बिलियन अमेरिकी डलर बराबरको मुनाफा भएको एप्पल प्रमुख टिम कुकले बताए।
बिहिबार सार्वजनिक गरिएको रिपोर्ट अनुसार यो मुनामा आइफोन एक्सको बिक्रीको पहिलो झलक भएको बताइएको छ।
आइफोन सार्वजनिक भएको दशौँ वर्षगाँठको अवसरमा एप्पलले गत नोभेम्बरमा आइफोन एक्स सार्वजनिक गरेको थियो। सार्वजनिक भएदेखि नै आइफोनको एक्सको बिक्री भने उच्च रहेको एप्पल प्रमुख कुकले जानकारी दिए।
लगानीकर्ताहरुले भने थोरै सेटहरु बिक्री भएको रिपोर्ट सार्वजनिक भएपछि आउने महिनामा पनि बिक्रीको अवस्था यस्तै रहने आशंकामा लगानी डुब्ने चिन्ता व्यक्त गरेका छन्।
एप्पलका अनुसार वर्षिक रुपमा आइफोन बिक्रीमा १ प्रतिशतले कमी आएर गत वर्ष ७७ दशमलब ३ मिलियन आइफोन मात्र बिक्री भएको छ।
बिक्री कम भए पनि आइफोनले तिर्ने राजश्वको त्रैमासिक रकममा भने वार्षिक १३ प्रतिशतले वृद्धि हुँदै ८८ दशमलब ३ बिलियन अमेरिकी पुगेको छ।
एप्पलको पछिल्लो अवस्थाको बारेमा आर्थिक विश्लेषकहरुसँग कुरा गर्दै एप्पल प्रमुख कुकले भने,‘९० दिनको मात्रै बिक्री हेरेर समग्र आइफोनको आगामि भविष्यको बारेमा आंकलन गर्न मिल्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।