नयाँ दिल्ली– सलमान खानले आफ्नो आगामी फिल्म ‘रेस ३’ मा अभिनयका लागि अहिलेसम्मकै महंगो पारिश्रमिक लिने भएका छन्। उनले पारिश्रमिकको मामिलामा बलिउडका अन्य कलाकारलाई पछि पार्ने बताइएको छ।
‘रेस ३’ को लागि उनले लगानीकर्तासँग आम्दानीको ७० प्रतिशत पारिश्रमिक आफ्नो हुनु पर्ने माग राखेका थिए। जसलाई फिल्मका प्रोड्युसरले स्विकार गरेका छन्। सलमानले यसअघिसम्म अन्य प्रोड्युसरसँग आम्दानीको ५० प्रतिशत मात्र कमाई लिँदैआइरहेका थिए।
उनले एक्कासी आफ्नो माग बढाएपछि आमिर खान र अक्षयकुमार जस्ता कलाकार पनि पारिश्रमिकको मामिलामा उनीभन्दा तल पर्ने पक्का छ। मुम्बईबाट प्रकासित हुने डेक्कन क्रोनिकल पत्रिकाका अनुसार अन्य कलाकारले पनि आम्दानीबाट केही पैसा सेयर गर्ने गर्थे। तर, सलमानको माग फिल्म इन्डस्ट्रीकै सर्वाधिक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।