काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद् बैठकप्रति कांग्रेसको आपत्ति, जग हाँस्ने कुरा भएको तर्क, प्रविधिको दुरुपयोगको गरेको आरोप
२) नाडा अटो शो २०१९ आजदेखि भृकुटीमण्डपमा सुरु, विद्युतीय सवारी साधनमा सरकारको प्राथमिकता हुने अर्थमन्त्री खतिवडाको भनाइ ।
३) कोसीपीडितको गुनासो– भोट लिएर मन्त्री र प्रधानमन्त्री बने, हाम्रो पक्षमा बोल्ने कोही भएनन्, मुआब्जा दिनुको सट्टा कर असुल्दै स्थानीय सरकार ।
४) यु १५ साफ च्याम्पियन्सिपमा नेपालको शानदार जित, साविक विजेता बंगलादेशविरुद्ध ४–१ गोल अन्तरले विजयी ।
५) र, परमाणु शक्ति सम्पन्न भएकाले कुनै हदसम्म पनि जान सक्ने पाकिस्तानी प्रधानमन्त्री खानको चेतावनी, कश्मीरी जनता संकटमा रहेको दाबी ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।