काठमाडौं– अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मालाई एकैदिन दोहोरो खुशी हात लागेको छ । पहिलो खुशी उनीहरु अभिनित फिल्म ‘जोनी जेन्टलम्यान’ शुक्रवारै रिलिज भएको छ भने दोस्रो महजोडीले निर्माण गर्न लागेको फिल्म ‘सत्रुगते’का लागि छानिएका छन्।
मह सञ्चार र किरण केसीले संयुक्त रुपमा निर्माण गर्दैछन् यो फिल्म । निर्देशन प्रदिप भट्टराईले गर्नेछन् ।
बरिष्ठ कलाकार हरिवंश आचार्यले नयाँ पुस्तासंग मिलेर काम गर्दा आफ्नो कलाकारिताका आयु बढ्ने बताए । यस्तै अर्का बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मले दर्शकको माया पाउने अपेक्षा व्यक्त गरे ।
छठपछि छायांकनमा फिल्ममा पल र आँचलसँगै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, राजाराम पौडेल लगायतका वरिष्ठ कलाकारहरुको अभिनय रहनेछ ।
फिल्ममा रमिला आचार्य, यसोदा सुवेदी, नरेन्द्र कंसाकार, दिपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौडेलको लगानी रहने छ । फिल्मका राजनराज सिवाकोटिको संगित रहने बताइएको छ।
तस्बिर: उत्सव रसाइली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।