काठमाडौं– यू–१८ राष्ट्रिय फुटबल टिम साफ यू–१८ च्याम्पियनसिपमा सहभागिता जनाउन शनिबार दिउँसो भुटान जाँदैछ। २ असोजदेखि भुटानको थिम्पुमा हुने च्याम्पियनसिपमा भाग लिने नेपाली टोलीलाई खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले शुक्रबार विदाइ गरे।
विदाइ कार्यक्रममा अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले नेपालले उपाधि रक्षा गर्ने विश्वास गरेका थिए।
साफ यू–१९ प्रतियोगिताको सट्टामा साफ यू–१८ प्रतियोगिता हुन लागेको हो। यसअघि नेपालमा भएको पहिलो साफ यू–१८ च्याम्पियनसिपको उपाधि नेपाले जितेको थियो। युवा टिमका प्रशिक्षक छिरिङ लोप्सानले बुधबार २३ सदस्यीय टिम घोषणा गरेका थिए।
नेपाली टिमको कप्तानी गोलकिपर अर्पण श्रेष्ठलाई दिइएको थियो। प्रतियोगितामा नेपालसहित सार्क क्षेत्रका ५ टोलीबीच प्रतिस्पर्धा हुनेछ। पाकिस्तान र श्रीलंकाले प्रतियोगितामा भाग लिएका छैनन्। नेपालले पहिलो खेल ४ असोजमा भुटानसँग, ६ असोजमा माल्दिभ्ससँग, ९ असोजमा बंगलादेशसँग र १२ असोजमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।
राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा सर्वाधिक अंक बटुल्ने टोली च्याम्पियन बन्नेछ।
नेपाली टोलीः
गोलकिपरः सन्देश गुरुङ, अभिषेक बराल, अर्पण कार्की
डिफेन्डरः सुमन अर्याल, विश्वास उदास, रोमन लिम्बु, आकाश श्रेष्ठ, असिम भुसाल, विकास खवास, निराजन महर्जन, राजन गुरुङ
मिडफिल्डरः दिनेस हेन्जन, असोक थापामगर, अभिषेक रिजाल अरिक विष्ट, अनिल महर्जन, सेसेहाङ आङ्दाम्बे, राजिव लोप्चन, राम वेन्जी
फरवार्डः धिरज श्रेष्ठ, रेजिन सुब्बा, प्रेजेन तामाङ, दिपेस आलेमगर
प्रमुख प्रशिक्षकः छिरिङ लोप्साङ
सहायक प्रशिक्षकः पुष्कर शाही
गोलकिपर प्रशिक्षकः मृगेन्द्र मिश्र
टिम म्यानेजरः गणेश चन्द
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।