काठमाडौं (एजेन्सी)– विश्व चर्चित मोबाइल ब्रान्ड एप्पलको आइफोन–एक्सले युरोप, चीनको शहरी क्षेत्र, जापान, अस्ट्रेलिया र अमेरिकामा अत्याधिक विक्री भएको एउटा सर्वेक्षणले जनाएको छ। कान्टार वल्र्डप्यानलले हालै सार्वजनिक गरेको रिपोर्टमा आइफोन–एक्स गत वर्षको डिसेम्बरमा यी देशहरूमा विक्री भएका शीर्ष तीन डिभाइसमा परेका छन्।
सर्वेक्षणका अनुसार अक्टुवरमा शुन्य दशमलव ७ प्रतिशतबाट आइफोन–एक्सको विक्री २४ दशमलव ८ प्रतिशतमा उकालो लागेको हो।
कान्टारका अनुसार पछिल्लो तीन महिनाको रिपोर्टमा अमेरिकामा मात्र एप्पल र सामसुङले ७० दशमलव ८ प्रतिशत बजार ओगटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।