नयाँ दिल्ली– पैसाका लागि विज्ञापन खेल्ने खेलाडी थुप्रै देखिएका छन्। तर, भारतीय क्रिकेट कप्तान विराट कोहलीले एउटा पेय प्रदार्थको करौडौं रुपैयाँको सम्झौता अस्विकार गरेका छन्। उनले आफूले अहिलेसम्म नपिएको पेय प्रदार्थको विज्ञापन कसरी गर्नु भनेर छोडेका हुन्।
गत जुनमा पनि विराटले यस्तै कम्पनिको करौडौं रुपैयाँको विज्ञापन अस्विकार गरेका थिए। विराट आफूलाई फिट राख्न त्यसै पनि सफ्ट ड्रिग्स पिउने गर्दैनन्। त्यसैले उनले सम्झौता अस्विकार गरेको बताइएको छ।
यसै वर्ष उनको अन्य कोल्ड ड्रिग्स कम्पनिसँगको सम्झौता समाप्त भएको थियो। यसपछि उनले सम्झौता नवीकरण गर्न अस्विकार गरेका थिए।
यसअघि सन् २००१ मा पनि ब्याडमिन्टनका पूर्व स्टार पुलेला गोपिचन्दले कोल्ड ड्रिग्सको विज्ञापन खेल्न अस्विकार गरेका थिए। त्यतिबेला उनले आफू योगा, ध्यानमा लागेको हुनाले यस्तो विज्ञापन गर्न नसुहाउने बताएका थिए। गोपिचन्दले २००१ मा अल इङ्ल्यान्ड उपाधि जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।