काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) जनहित केन्द्रित काम नगरे सत्ता उल्टन संक्ने सम्ंभावना रहेको नेकपा अध्यक्ष दाहालको भनाइ, कम्युनिष्टहरु अनुशासनहीन बन्दै कर्तव्यबाट पन्छिने प्रवृति बढेको टिप्पणी। (दाहालको टिप्पणी)
२) आफू र पार्टी अध्यक्षबीच भएको भनाभनलाई गम्भीरतापूर्वक नलिन नेकपा नेता नेपालको आग्रह, श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझिदिन सुझाव। (नेता नेपालको आग्रह)
३) सरकारले गर्यो निजामती सेवाका करिब ८० वरिष्ठ सहसचिवको एकैपटक सरुवा, प्रशासनतर्फका मात्रै ५० भन्दामाथि । (८० वरिष्ठ सहसचिवको सरुवा)
४) साफ यू–१८ च्याम्पियनसिपका लागि झण्डै १ करोड ८० लाख खर्च हुने अनुमान, टिकटबाट नउठे साफको अनुदानबाट जुटाइने । (साफको खर्च)
५) र, ब्राजिलको अमेजन जंगलको आगलागीप्रति विश्व समुदायको चिन्ता, जी–सेभेनको सम्मेलनमा यस संकटलाई एजेण्डा बनाउन फ्रान्सको प्रस्ताव। (ग्लोबल वार्मिङ बढ्ने चिन्ता)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।