नयाँ दिल्ली– राजनीतिमा प्रवेश गर्ने हल्लाका बीच दक्षिण भारतका सुपरस्टार कमल हासनले रिसोर्ट पुगेर आराम गर्ने नेताहरुको तलब कट्टा गर्नु पर्ने प्रतिक्रिया दिएका छन्। उनले शुक्रबार आफ्नो ट्वीटमा भनेका छन्, ‘काम छैन भने पैसा पनि छैन, सरकारी कर्मचारीका लागि मात्र किन? रिसोर्टमा दलाली गर्ने नेताहरुको बारेमा के छ भनाई।’
उनले न्यायलयले हडताल गरिरहेका शिक्षकलाई चेतावनी दिएको उल्लेख गर्दै विद्यायकको विरुद्ध पनि यस्तै चेतावनी जारी हुनु पर्ने बताए। पछिल्लो केही समययता हासन तमिलनाडुको वर्तमान राजनीतिलाई लिएर बढि आलोचक बनेका छन्।
उनले राजनीतिको विषयमा सोधिएको प्रश्नमा तत्कालै कुनै योजना नभएको स्पष्ट पारेका छन्। अहिले हासन तमिल फिल्म ‘विश्वरुपम–२’ को रिलिजको तयारीमा छन्।
कमल हासनले पत्रकार तथा सामाजिक कार्यकर्ता गौरी लंकेशको हत्याको खुलेर निन्दा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।