नयाँ दिल्ली– अहिलेसम्म श्रद्धा कपुरले रोमान्टिक फिल्म मात्र गरिरहेकी छिन्। तर, छिट्टै उनी दाउद इब्राहिमको बहिनी हसिना पारकरको भूमिकामा देखा पर्दैछिन्। फिल्म ‘हसिना’ लगत्तै उनी ब्याडमिन्टन खेलाडी सायना नेहवालको बायोपिक गर्दैछिन्।
अहिले उनी जहाँ ‘हसिना’ को प्रमोशनमा व्यस्त छिन्। त्यही ब्याडमिन्टनको अभ्यासमा पनि निकै सक्रिय छिन्। यसैबीच श्रद्धा शुक्रबार नेहवालको घर पुगेकी थिइन्। नेहवालको वायोपिक गर्न श्रद्धा उनको हाउभाउलाई दुरुस्त उतार्ने काम मात्र गरिरहेकी छैनन्, ब्याडमिन्टन पनि सिकिरहेकी छिन्।
निर्देशक अमोल गुप्तेबाट निर्देशित यो फिल्मलाई टि–सिरिजले लगानी गर्दैछ। नेहवाल र श्रद्धा राम्रो साथी पनि हुन्। त्यसैले नेहवाल उनलाई ब्याडमिन्टन सिकाउन आफै कोर्टमा उत्रिएकी छिन्। श्रद्धाले नेहवालको विषयमा बन्न लागेको ‘साइना’ फिल्म आफ्नो करिअरको सबैभन्दा चुनौतिपूर्ण हुने बताएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।