काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक काठमाडौंमा सुरु, नीतिगत स्थायित्वका विषयमा प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता ।
२) विज्ञापन ऐन लागू भएको एक वर्षभित्रमा विदेशी च्यानलमा क्लिन फिड प्रसारण हुनुपर्ने, सरकारी निकायले आफूखुसी विज्ञापन गर्न नपाउने ।
३) मौलाउँदै कन्सल्टेन्सीको ठगी, रोजगारीको प्रलोभन देखाएर लाखौं असुली, ६ जना युवकसँग ‘बिहे’ गर्ने एकै युवती ।
४) साफ यु–१५ च्याम्पियनसिपको पहिलो खेलमै नेपाललाई धक्का, भारतद्वारा ५–० गोल अन्तरको फराकिलो जित ।
५) र, हङकङ मामिलाबारे छलफल गर्न क्यानडालाई ‘अधिकार र योग्यता’ नभएको चीनको भनाइ, हङकङ समस्यामा सतर्क भएर बोल्न वा गतिविधि गर्न आग्रह ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।