• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बत्तीस वर्षपछि लोपोन्मुख घडियाल गोहीको प्रजनन सफल

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ३०, २०७४  १४:०२
1140x725

ठाकुरद्वारा (बर्दिया)– तीन दशकको प्रयासपछि विश्वमै लोपोन्मुख घडियाल गोहीले बर्दियामा बच्चा कोरल्न थालेको छ। 

विगतमा पटक–पटक बच्चा हुर्काउने प्रयास असफल भए पनि ३२ वर्षपछि भने गत वर्षबाट प्रजनन सफल भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिए।  

गएको वर्ष गोहीले २४ वटा बच्चा कोरलेको थियो । यो वर्ष भने १४ वटा बच्चा कोरलेको थापा बताउछन्। उनका अनुसार बर्दियामा अहिले ३८ बच्चासहित वयस्क र अर्ध वयस्क १२ वटा गरी ५० गोही छन्। 

शुरुमा गोहीको जनचेतना जगाउन भन्दै शुरु भएको गोही पालन अहिले बर्दियामा प्रजनन केन्द्रकै रुपमा विकास भएकामा खुशी छन् संरक्षणकर्मीहरु। 

चितवनको कसरामा नेपालकै एकमात्र गोही प्रजनन केन्द्र रहेकामा अब बर्दियामा पनि प्रजनन केन्द्र बनेसँगै संरक्षणमा महत्वपूर्ण उपलब्धि भएको चितवनको गोही प्रजनन केन्द्रका प्रमुख तथा चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले बताए।  

घडियाल गोही गैँडाभन्दा पनि दुर्लभ हुँदै गएको छ । प्राकृतिक वासस्थानमा यसको मृत्युदर ९९ प्रतिशत छ । नेपालमा पाइने अर्को मगर गोहीको संख्या भने केही राम्रै रहेको पाइएको छ। 

विश्वका विभिन्न देशमा लोप भइसकेको घडियाल नेपालमा प्रजनन केन्द्र नभएको भए पहिले नै लोप भइसक्ने खड्का बताउछन्। हाल नेपालका विभिन्न नदीमा १९८ वटा गोही रहेको तथ्यांक छ । जसमा चितवनमा मात्रै १६६ वटा गोही छन्। 

कालीगण्डकीमा लगेर छाडिएको गोही लोप भइसकेका छन् भने बर्दियाको कर्णाली र बबई नदीमा सयौँ गोही छाडिए पनि अहिले कर्णालीमा एउटा देखिएको र बबई नदीमा पाँच भालेसहित ३१ वटा घडियाल रहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख थापा बताउछन्।  

Ncell 2
Ncell 2
nimb
nimb

‘अब प्रजाति जोगाउन प्रजनन केन्द्र कोसेढुंगा बनेको छ,’ थापा भनछन्, ‘प्राकृतिक वासस्थानकै जसरी हामीले संरक्षण गरिरहेका छौँ।’ ड्रेनको सहयोगमा गएको वर्ष नेपालमै पहिलोपटक बबई नदीमा गोहीको अनुगमन भएको थियो। 

बर्दियामा २०४० सालमा गोहीको जनचेतना जगाउन भन्दै चितवनबाट शुरुमा चार र पटक–पटक गरेर १२ वटा घडियाल ल्याइएको थियो । दश वर्षसम्म नदीबाट गोहीको अण्डा ल्याउँदै कोरल्ने प्रयास असफल भएको थियो तर गएको वर्ष गोहीले आफैँ अण्डा पारेर बच्चा निकालेको हो। 

त्यही गोहीको सन्तान गरेर अहिले ५० पुगेको छ । गतवर्षबाट कोरलेका बच्चासमेत हुर्कन थालेका छन् । चितवनमा २०३५ सालमा प्रजनन केन्द्र स्थापना गरिएको थियो । विसं २०५० पछि यहाँ बच्चा कोरलिएको थियो । चितवनमा बच्चा कोरल्न झण्डै दुई दशक लागे पनि बर्दियामा तीन दशकपछि मात्रै कोरलेको हो। 

घडियाल गोही भएको नदी सफा र स्वच्छ मानिन्छ । गोही देखेको स्थानमा माछा तथा अन्य पानीमा बस्ने प्रजाति पनि सजिलै भेटिन्छन् । त्यसैले पनि पारिस्थितिक प्रणालीमा गोहीको अति महत्व हुने गर्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेश थापा शुरुमा टन्न खाएन भने पछि सुक्दै–सुक्दै मर्ने गरेको बताउछन्। ‘त्यसैले हामीले शुरुमै मान्छेले नखुवाई उसलाई आफैँ खान लगाउने गरेका छौँ, यो नयाँ प्रयोग हो,’ थापाले भने।  

पहिले विश्वका धेरै मुलुकमा घडियाल गोही थिए । अहिले पाकिस्तान, भुटान, श्रीलंकामा गोही लोप भइसकेको चितवनको गोही प्रजनन केन्द्रका प्रमुख बेदप्रसाद खड्काको दाबी छ। 
‘बंगलादेशमा प्रजनन केन्द्रमा मात्रै छ, नत्र भारत नेपालमै हो गोही भएको उनले बताए। अझ प्राकृतिक वासस्थानमा घडियालका बच्चा मर्ने दर डरलाग्दो छ। 

मर्नुमा सहायक नदीको अवस्था, भारत जाने, नदी प्रदूषण विभिन्न कारण छन् । निकुञ्ज बाहिर वासस्थान नै छैन गोहीका लागि। 

गोही लोप हुनुमा पानी प्रदूषण, विषादी, जालमा परेर मर्ने, अरु गोहीले खाइदिने, चरा चिलले पनि लैजाने, रोगव्याधी तथा बाघले पनि खाईदिने लगायत कारण छन् । त्यसैले अहिले कृषि तथा वन विज्ञान विश्वविद्यालयले मृत्युदर पत्ता लगाउन अनुसन्धान शुरु गरेको छ। 

सन् २००७ मा वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले अध्ययन गर्दा १०/१२ किसिममा समस्या फेला परेका थिए । पानीको संक्रमण समस्या बढी देखिएको थियो । खोलाको पानी नहाली जमिनमुनिको पानी प्रयोग गर्न आफूले सुझाव दिएको डा गैरेले बताए। रासस

प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्