काठमाडौं- प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सहभागी राजनीतिक दललाई शुक्रबार मध्यरातबाट निर्वाचन प्रचारप्रसारमा रोक लाग्नेछ।
निर्वाचन सुरु हुनुभन्दा ४८ घन्टाअघि मौन अवधि सुरु हुने भएकाले राजनीतिक दलले शुक्रबार मध्यरातबाट चुनाव प्रचारप्रसार गर्न पाउँदैनन्।
निर्वाचन आयोगको आचरसंहिता परिच्छेद २ को नियम ५ ले मौन अवधिमा ५ प्रकारका गतिविधि गर्न उम्मेदवारलाई रोक लगाएको छ। मौन अवधि उल्लंघन गरेमा उम्मेदवारलाई एक लाख रुपैयाँ जरिवाना र उम्मेदवारी रद्द वा दुवै सजाए हुन सक्छ।
‘उम्मेदवारले मौन अवधिको पालना नगरेको उजुरी परे आयोगले छानबिन गरी एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्छ,’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने।
यी ५ नियम पालना नभए उम्मेदवारी रद्द हुन्छ:

उम्मेदवारले मतदानको दिन पालना गर्नुपर्ने अन्य आचरण
-उम्मेदवार तथा राजनीतिक दलले मतदानका दिनसम्म आचारसंहिता पालना गर्नुपर्नेछ।
-मतदातालाई शान्तिपूर्वक मताधिकारको प्रयोग गर्न दिनुपर्ने।
-मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई सहयोग गर्नुपर्ने।
-मतदान केन्द्रमा रहेका राजनीतिक दल वा उमेदवारका प्रतिनिधिले निर्वाचन चिह्न वा संकेत नभएको पहिरन, परिचयपत्र र ब्याजमात्र प्रयोग गर्नुपर्ने।
-कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने गर्न नहुने।
-शारीरिक रुपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताको लागि मतदान अधिकृतले तोकिदिएको सवारी साधन प्रयोग गर्न सक्ने।
-उम्मेदवार मतदाता, प्रचलित कानुनले अनुमति दिएका व्यक्ति, आयोगले अनुमति दिएका व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने।
-मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले कुनै काम गर्न वा गराउन नहुने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।