काठमाडौं:निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनदुई चरणमा गर्ने निर्णय गरेको छ। भौगोलिक अनुकूलताको कारण देखाउँदै आयोगले हिमाली र उच्च पहाडी भेगका ३२ जिल्लामा पहिलो चरणमा र पहाडी तथा तराईका भेगका ४५ जिल्लामा दोस्रो चरणमा निर्वाचन हुने भएको हो। आयोगको निर्णय अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पहिलो चरणमा मंसिर १० गते हुनेछ भने दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुनेछ।
यसैबीच, निर्वाचन आयोगले भने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित ऐन यथाशीघ्र उपलब्ध गराउन सरकारसँग ध्यानाकर्षण गराएको छ। संसदको राज्यव्यवस्था समितिमा ती विधेयक थन्किएका छन्।
मंसिर १० गते निर्वाचन हुने जिल्ला
प्रदेश नम्बर १ : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ
प्रदेश नम्बर ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप
प्रदेश नम्बर ४ : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, र गोरखा
प्रदेश ५ : रुकुम (पूर्वी भाग) र रोल्पा
प्रदेश ६ : रुकुम ( पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा
प्रदेश ७ : दार्चुला, बझाङ, बाजुरा र बैतडी
मंसिर २१ गते निर्वाचन हुने जिल्ला
प्रदेश नम्बर १ : इलाम, तेह्रथुम, धनुकटा, उदयपुर, झापा, मोरङ र सुनसरी
प्रदेश नम्बर २ : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट
प्रदेश नम्बर ३ : सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर
प्रदेश नम्बर ४ : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत
प्रदेश नम्बर ५ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही कपिलवस्तु, दाङ, प्युठान बाँके र बर्दिया
प्रदेश नम्बर ६ : सल्यान, सुर्खेत र दैलेख
प्रदेश नम्बर ७ : कैलाली, कञ्चनपुर, डडेलधुरा अछाम र डोटी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।