रोमा– आन्द्रे सिल्भाको हयाट्रिक गोलको सयोगले एसी मिलानले युरोपा लिगको विहिबार रातीदेखि सुरु भएको खेलमा घरेलु अस्ट्रिया भियनालाई ५–१ गोलले पराजित गरेको छ।
पोर्चुगलका सिल्भालाई यसै सिजनमा मिलानले ४ वर्षका लागि ३ करोड ४० लाख पाउन्डमा पोर्टोबाट भित्र्याएको थियो। सन् २००६ मा ब्राजिलका काकाले युरोपेली प्रतियोगितामा एन्डरलेच्टविरुद्ध हयाट्रिक गरेयता एसी मिलानको कुनै खेलाडीले गरेको यो पहिलो हयाट्रिक हो।
सिल्भाले १०, २० र ५६ मिनेटमा गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।