लन्डन– दर्शकहरुको उपद्रोका कारण विहिबार रातीदेखि सुरु भएको युरोपा लिगको पहिलो खेल नै विवादित बन्न पुगेको छ। आर्सनलविरुद्ध इमिरेट्स मैदानमा आफ्नो टोली कोलोग्नेलाई समर्थन गर्न जर्मनीबाट आएका २० हजार दर्शकले टिकट नपाएपछि रंगशाला तनावग्रस्त बन्न पुगेको थियो। आयोजकहरुले २ हजार ९ सय टिकट मात्र उपलब्ध गराएका थिए।
टिकट नपाएका हजारौं समर्थक बलजस्ती रंगशाला भित्र प्रवेश गरेछि स्थितिलाई सामान्य बनाउन सुरक्षाकर्मीलाई हम्मे परेको थियो। यसैक्रममा खेल करिब एक घण्टा ढिलो सुरु भएको थियो।
खेलमा आर्सनल ३–१ गोलले विजयी भयो। कोलोग्ने २५ वर्षपछि युरोपा लिगमा फर्किएको हो। यस्तै, आर्सनलले २००० पछि यो प्रतियोगिता खेल्दैछ। खेल सुरु भएको ९ मिनेटमै गोल खाएको आर्सनलले पछि नतिजा उल्ट्याएको थियो। कोलोग्नेका लागि कोर्डाेबाले गोल गरेका थिए। आर्सनलबाट ४९ मिनेटमा सिड कोलास्नकले बराबरी गोल फर्काएका थिए। ६७ मिनेटमा एलेक्सस सान्चेजले गोल गरे। तेस्रो गोल ८१ मिनेटमा हेक्टर बेलेरिनले गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।