

नयाँ दिल्ली– सिक्किमलाई उग्रवादग्रस्त राज्यको संज्ञा दिएर प्रियंका चोपडा विवादमा घेरिन पुगेकी छिन्। प्रियंकाको यो बयानपछि उनको प्रोडक्सन हाउस ‘पर्पल पेबल पिक्चर्स’ ले चिट्ठी पठाएर सिक्किम सरकारसँग लिखित माफी मागेको छ।
भारतीय सञ्चार माध्यमलाई सिक्किमका पर्यटन मन्त्री उगेन ग्इात्सोले दिएको छोटो अन्तर्वार्तामा प्रियंकाको प्रोडक्सन हाउसले माफी मागेको पुष्टी गरे। सिक्किमलाई उग्रवादग्रस्त राज्य भनेपछि प्रियंकालाई सोशल मिडियामा गाली गर्नेको भीड बढेको छ।
पर्यटन मन्त्री उगेनले भने, ‘प्रियंकाकी आमाले फोनबाट मसँग कुरा गरिन्। उनले आफ्नो छोरीको भनाईलाई लिएर माफी मागिन्।’ प्रियंका केही दिनअघि आफ्नो प्रोडक्सन हाउसले निमार्ण गरेको फिल्म ‘पाहुना’ को स्क्रिनिङका लागि टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भाग लिन पुगेकी थिइन्।
भारतीय सञ्चार संस्था पिटिआईका अनुसार इटी क्यानडाले प्रकासित गरेको रिपोर्टमा प्रियंकाले अन्तर्वार्ता दिँदै भनेकी छिन्, ‘यो पहिलो सिक्किम फिल्म हो। सिक्किम भारतको उत्तर–पूर्वमा पर्छ। यहाँ आफ्नो छुट्टै फिल्म उद्योग छैन्। यो पहिलो फिल्म हो, जुन यही क्षेत्रमा समेटेर बन्दैछ। यहाँ उग्रवादजस्तो समस्या छ। त्यसैले म निकै उत्साही छु।’
अन्तर्वार्ता सार्वजनिक भएपछि प्रियंकालाई ट्विटरमा गाली गर्ने युजरको संख्या बढ्दो छ। असमका लेखक बिस्वातोश सिन्हाले लेखेका छन्, ‘प्रिय प्रियंका चोपडा। सिक्किम कुनै अशान्त क्षेत्र होइन। पाहुना पनि सिक्कममा बन्न लागेको पहिलो फिल्म होइन। कृपया उत्तर–पूर्वी क्षेत्रको विषयमा तथ्य केलाउनु होला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।