• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २३, २०८३ Tue, Jul 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'पाठकको लोभले मात्र नेपालीमा लेखिरहेको छु'

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ३०, २०७४  ०४:५९
1140x725

कविता वाचनमा ठेट शैली र लिम्बू लवजका कारण उपेन्द्र सुब्बा भिडमा अलग्गै चिनिन्छन् । कवि/कथाकारको परिचयसँगै उनी बहुल प्रतिभा बोकेका मनुवा हुन् । फिल्मको स्क्रिप्ट लेख्ने उनले पर्दामा अभिनय कौशल समेत देखाएका छन् । पछिल्लो समय उनी लिम्बू भाषासँगै नेपाली फिल्म  लेख्न व्यस्त छन् ।

सामान्य विषय उठान गरी मार्मिक अभिव्यक्ति दिन खप्पिस सुब्बाको लेखन कर्म र यससँग जोडिएका अन्य पाटोबारे जोतारे धाइबाले गरेको कुराकानीः 

तपाईंले कथा/कविता लेख्दा प्रायः मसिना र सामान्य कुरा ल्याउनुहुन्छ । तिनलाई पाठकले निकै रुचाएका छन् । मान्छेले त मसिनै कुरा रुचाउने रै’छन् नि है!

– ठूला त जीवनमा घटना पनि घटेनन् मेरो त (हाँसो) । ठूलो कुरामा मलाई लोभ पनि लाग्दैन । मान्छेले यस्तै खोज्छन् भनेर मैले लेखेको त होइन होला । मलाई सानै कुराले आकर्षित गर्योम, लोभ्यायो र मेरो छनोटमा पनि ती मसिनाहरु नै परे।

‘लाटो पहाड’ कथासंग्रहमा पूर्वी नेपालको परिवेश र लिम्बू समाज ल्याएर ठेट स्वाद चखाउनुभयो । कथामा लेख्न बाँकी प्लटहरु कति छन्?

– पहिले लाटो पहाड लेख्दा नै बनाएका प्लटहरु चार वटा पोहोरको दशैंमा लेखेँ । अब त्यस्तै चार–पाँच प्लट होलान् । तर, यसो सम्झिहेर्दा तीमध्ये दुई–तीन वटा कामै नलाग्ने रै’छन् । केही नयाँ प्लटहरु फुरेको छ । मेरो कस्तो हुन्छ भने, धेरै कथाका प्लटहरु फिल्म लेख्दा त्यसमै पसेर जान्छ । कुनै स–सानो सिक्वेन्सको रुपमा, कुनै सव–प्लटको रुपमा प्रयोग भएको कारण मेरो कथाका कच्चा पदार्थ फिल्मले निकै खर्च गर्छ।

त्यसो भए फिल्मले त साहित्यिक पाठकहरुको भाग खोस्ने रै’छ नि !

– त्यसरी त खोसिन्छ कि क्या हो ! बनाइरहेको हुन्छु प्लटहरु । तर, फिल्ममा पनि सिक्वेन्सहरु बनाउनुपर्‍यो । पात्रहरु निकाल्दा कथाका प्लटहरु त्यसमै खर्च हुन्छ । त्यसरी नै कम भएको हो ।

nimb
nimb
Ncell 2
Ncell 2

यसको मतलब नयाँ कथासंग्रह तत्काल आउँदैन ?

– तत्काल आउँदैन । अलि पछि संग्रह बन्नेगरी फुर्सदमा लेखिन्छ कि । कथाहरु लेखिँदैन भन्ने त हुँदैन होला । अब जीवनमा लेखेरै यहाँसम्म आएपछि त बाँकी जिन्दगी पनि लेखेरै त गुजारा गर्ने होला मैले । तत्काल चाहिँ आफ्नै लिम्बू समुदायका फिल्महरु र एउटा नेपाली फिल्मको काममा व्यस्त छु।

तपाईंका कथाहरुमा पूर्वी नेपालका आफ्नै गाउँघरका कुरा बढीजसो आएका छन् । पाँचथर छाडेर काठमाडौंमा बस्न थाल्नुभएको पनि एक दशक भइसक्यो । तर, नयाँ कथाहरुमा सहरका कुरा खासै आउँदैनन् नि !

– मैले पनि भर्खरै मात्र पत्ता लगाएको कुरा चाहिँ म अतीत बढी बाँच्दै रै’छु । त्यसो हुनुमा थुप्रै कारण होलान् । मान्छे बूढो हुँदै गएपछि बैंस र विगतको कुरा धेरै याद आउँछ रे । मलाई चाहिँ लेखनको लागि यही चाहिँ नयाँ कुरा हुन्छन् भन्ने लोभ पनि लाग्यो होला । किनकि मैले बाँचेर आएको समाजका पात्रहरु त नेपाली साहित्यमा थिएनन् नै, यिनीहरु लेखिनुपर्छ भन्ने पनि होला मेरो दिमागले भनेको । त्यही भएर पूर्वी नेपालका कथाहरु लेखेँ होला । अलिक मभन्दा अगाडिको समाजको कथा पनि लेखेकै हो । मेरै समय बरु कम उपस्थित छ त्यहाँ । त्यो त मलाई पनि लागेकै हो । तर, अझै पनि लेख्दा चाहिँ मसँग त्यस्तै प्लटहरु दिमागमा धेर छ। 

तर, तपाईंको आँखाबाट सहरमा बाँच्दाको कथालाई फरक रुपमा प्रस्तुत गर्न सक्नुहुन्थ्यो होला नि । सहरमा कथा देख्नुभएन कि चासो नदिनुभएको ?

– मैले चासो कम राखेँ होला । किनभने मेरो दिमागमै बढी प्लटहरु उतैको भएको, ती प्लटहरु लेखिन बाँकी नै रहेको अवस्थामा सहरका कुरा भर्न त खाली स्पेस चाहियो नि ! मलाई खाली नै नबनाइरहेको अवस्था होला । फ्याट्टै लेखूँ भन्ने त्यस्तो घटना, दुर्घटना भेट्दिनँ म । मेरो दिमागले पनि खोज्दैन होला । ख्यालै गर्दिनँ होला नि ।

एक दशक काठमाडौंमा बाँच्दै आउँदा सहर सामान्य लाग्यो कि असामान्य ?

– मेरो लागि त साह्रै सामान्य छ । केही गाह्रै छैन । म बस्ने ठाउँ (ललितपुरको नखीपोट विशाल चोक) को बाटैभरि लिम्बू कुरा मात्र बोल्छन् । म काठमाडौंमा छु भन्ने कहीँ फिल नै छैन । एक हिसाबले काठमाडौंभित्रको लिम्बू गाउँ हो त्यो । मेरो घरभित्र लिम्बू भाषा बोल्छु, मेरो घरबाहिर त्यो बाटोभरि मान्छेहरु लिम्बू भाषा बोल्छन् । लुगा लगाइ, बसाइ र ख्वाइ त्यस्तै छ । अनि त काठमाडौंमा छु भन्ने नै बिर्सिन्छु म त (हाँसो) । त्यसैले पनि त्यस्तो भएको हो कि! 

म काठमाडौंका साथीहरुका संस्मरणहरु सुन्छु, कस्तो गजब–गजब लाग्छ । कोठाभाडा मागेर हैरान पार्दाको पीर, भान्सामा किनामा पकाउँदा घरबेटी रिसाएको । मैले काठमाडौंमा त्यस्तो त भोग्नै पाइनँ हाउ ! म त ‘किनामा’ (भटमासबाट बनाइने लिम्बू परिकार), गुन्द्रुक, सिन्की, सुंगुरको मासुसँगै यतै आइपुगेँ सीधै । पहिला–पहिला साथीहरुले कस्तो रमाइलो अनुभव सुनाउँथे भने, ‘किनामा’ पकाउँदा गन्हाएपछि घरबेटीले कोठाको दुई महिनाको भाडा नै नलिई खेदेको, कुनै घरमा सुंगुरको मासु पकाउनै नदेको । मसँग त त्यस्तो संस्मरण नै भएन। 

समाजमा कथाको प्लट खोज्नकै लागि साहित्यिक उद्देश्यले घुमफिर गर्ने पनि गर्नुहुन्छ कि ?

– साहित्यिक उद्देश्यले त घुम्दै त छुइनँ । तर, गत वर्ष कम्ता धेरै घुमिनछु । लेख्नलाई पनि दिमागमा यति धेरै विषय कलेक्सन भएको छ । तर, ती विषयले अहिले प्राथमिकता पाइरहेका छैनन् । लेख्नलाई अरु नै कुरा धेरै छन् । यात्राले लेखनलाई त साह्रै ठूलो सहयोग गर्छ । किनभने त्यही समाज हो, तिनै मान्छेहरुको कथा हो । मान्छेहरुका दुःख फरक–फरक हुन्छन् । यस हिसाबले लेखकलाई यात्रा निकै जरुरी हुन्छ । यदि तपाईंसँग लेख्नका लागि कच्चा पदार्थ कम छ भने त्यसलाई भर्ने चिज यात्रा नै हो । मसँग चाहिँ पुरानै कच्चा पदार्थ ननिख्रेको कारणले होला, नयाँले ठाउँ पाएको छैन । तर, घुम्ने क्रम चाहिँ जारी छ।

पछिल्लो समय नेपाली लेखकहरुले फिल्ड रिसर्च नै गरेर लेख्ने क्रम केही देखिए पनि धेरजसो त कोठामा बस्ने र कल्पनाका अनेक कुरा गुथेर लेख्ने प्रवृत्ति छ नि !

– एउटा कुरा त कतिसम्म कल्पना गर्नुहुन्छ र ! रिसर्च बिना त अर्को समाजको कथा लेख्नै सकिँदैन । लेख्न खोजे त्यहाँ दुर्घटना अवश्य हुन्छ । तपाईंले बाँचेर आएका समाज र समय लेख्दै हुनुहुन्छ भने त कोठामै बसेर लेखे पनि फरक नपर्ला । तर, फरक परिवेश, फरक संस्कृतिमा तपाईं कलम चलाउँदै हुनुहुन्छ भने रिसर्च त अनिवार्य हो । स्थानीय भूगोलमै गएर त्यहाँको जीवन भोगाइ हेरेर लेखियो भने त साह्रै सुन्दर कुरा हो नि । त्यो जीवन्त हुने कुरा हो नि । नेपाली लेखकले त्यो चाहिँ गर्न जरुरी छ। 

हाम्रा लेखकले आफ्नो समाजको कुरा त सहज रुपमा लेख्छन्, फरक समाज र समुदायको कुरा चाहिँ कत्तिको लेखिरहेका छन् ?

– खासै लेखिरहेका छैनन् । त्यो नलेखेकै कारण मेरो समाजको कथाव्यथा उघ्रेर बाहिर आएन । लेखकहरु फरक समाजमाथि लेख्न डराउँछ नि त । किनकि जानकार नै हुँदैन । फरक समाजको मान्छे कसरी बुझ्छ, कसरी बस्छ, कसरी खान्छ, लेखकलाई थाहा हुन्न । अनि लेखिन्न । त्यही भएर लिम्बू समाजका कथा–व्यथा उब्रिएर रहे । त्यो अरु कसैले वा मेरो समाजका कुनै प्रतिनिधि लेखकले लेख्दिएको भए पनि म कथा लेख्ने जाँगर चलाउँदिन थिएँ । म त्यस्तो क्षमता राख्दिनँ आख्यानमा । यो कुरा थाहा हुँदाहुँदै पनि लेख्ने आँट गरेको मात्रै हुँ । आफ्नो समाजको कथा नलेखिएकैले आफू तम्सिनुपर्‍यो । नत्र भने मलाई आख्यानमा कलम चलाउने आँटै छैन।

तपाईंले चाहिँ आफ्नोभन्दा फरक समाजको कथा लेख्न कत्तिको जोखिम मोल्नुभएको छ ?

– मैले त लेखेकै छैन । खासमा लेख्न आँट पनि आउँदैन मलाई । किनभने म जति लेख्छु, मेरो समाज वरिपरि नै रहन्छु । त्यो भन्दा पर लेख्न मलाई आँटै छैन । म मेरै लिम्बू भाषामा पनि लेख्थेँ हुँला । किनकि नेपाली त मेरो दोस्रो भाषा हो । म सम्पर्क गर्न लिम्बू भाषामै जान्दछु र लेख्न धेरै सहज महसुस गर्छु । तर, लिम्बू भाषामा लेख्दा पाठक नपाउनाले पाठकको लोभले मात्र हो, म नेपालीमा लेखिरहेको । म सोच्दा पनि लिम्बूमै सोच्छु । कतिपय लिम्बू भाषामा भएका शब्दहरु, कुनै बस्तीका नामहरु नेपालीमा नभेट्दा धेरै विज्ञहरुसँग सोधेर लेख्ने पनि गरेको छु । 

आख्यान लेख्न त्यति जाँगर नचल्ने भनेपछि तपाईंको मोह गाँसिएको एकमात्र विधा कविता नै हो ?

– हो । साँच्चै लोभिएको र सपना गाँसिएको कविता मात्रै हो । कविता लेख्छु भन्ने चाहिँ मलाई भित्रैदेखि छ, कवि हुन्छु भन्ने मोह पनि छ । अरु कुरा त केही रहर र केही बाध्यता जस्ता हुन्। 

कविता सबभन्दा ठूलो सोख हो मेरो । कविताको किताब साह्रै ठूलो भोल्युममा निकाल्ने मेरो इच्छा छ । पूरै नयाँ कविताहरु राखेर निकाल्ने हो । यो मेरो जीवनको सपना जस्तै हो । हामीकहाँ सामान्यतया ५०/६० वा सय पेजका कवितासंग्रहहरु निकालिन्छ । जसले पाठकलाई घान नै नपुग्दो रै’छ । यसो गर्योप, एक घण्टामै पढिसिद्धिने । लागोस् न त आख्यान जत्तिकै समय । निकै धेरै कविताहरु राखेर अलि बाक्लो पेजहरुमा ल्याऊँ भन्ने सोचमा छु । 

पछिल्लो समय किताबको बजारमा उपन्यास र आत्मकथा बढी हावी हुँदा कविता चाहिँ किनारामा परे जस्तो किन भएको होला ?

– यसो हुनुको कारण कविता सबैको पहुँचमा भएन । अलि बौद्धिक कुरा भयो । हामी कविले त्यति धेरै पाठक खोज्नु पनि जायज कुरा मलाई लाग्दैन । अर्को कुरा, हामी कविहरुमा स्वाभिमान अलि बढी भयो कि ! जसरी कविहरु ‘रिजर्भ’ बस्छौं, म कवि हो, मलाई अरुहरुले पुज्नुपर्छ भन्ने टाइपको । अरु नै माग्दै–खोज्दै आउनुपर्छ भन्ने सोच्छौं । यो तरिकाले त भएन ! 

हामी कविहरु यसरी रिजर्भमा बस्नु भएन । बिक्री नगर्ने हो भने त भैगो । तर, बजारमा बिक्रीको लागि छाप्ने हो भने विज्ञापन गर्न किन डराउनु ? जब मूल्य नै राख्छौ, बिक्रीको लागि बजारमा स्टलहरुमा पठाउँछौ भने मेरो किताब पनि निस्किएको छ, पढ्दिनुस् भन्न किन अपमानबोध गर्नुपर्छ र!

तपाईंको कविताकृति ‘खोलाको गीत’ बिक्रीको अनुभव चाहिँ कस्तो छ ?

– श्रवण दाइ (मुकारुङ) को ‘बिसे नगर्चीको बयान’ ३२–३३ सय गएको रे । तीन हजार ३५ सय बिक्री हुन भनेको बजार त रै’छ त । चार हजार मान्छे कविता पढ्छन् भने त यो त राम्रो कुरा हो । मेरो पनि यस्तै संख्यामा बिक्री भएको भन्ने कुरा छ । कविता अरु आख्यानहरु जस्तो गइराख्नु जरुरी पनि लाग्दैन। 

कविलाई के कुराले खारिएको र सशक्त बनाउने रै’छ ?

– चिन्तनले नै सशक्त बनाउने हो । चिन्तन कत्तिको गहिराइमा छ, जीवन, जगत्, समाज, देशको बारेमा ? कत्तिको गम्भीर हुनुहुन्छ ? त्यसले नै खार्ने हो कविता।

नेपाली आधुनिक कविताको कुरा गर्दा समालोचकहरु गोपालप्रसाद रिमाल, भूपी शेरचन जस्ता कविमै अलमलिएको देखिन्छ । मेलो पछिल्लो समयसम्म बढ्दै बढ्दैन । यसको कारण के होला ?

– त्यो स्वाभाविक नै हो । समाजको स्वभाव नै यथास्थितिवादी हुन्छ । त्यस्तो स्वभाव हुँदा नयाँ कुरा समाजले झ्वाम्मै पत्याइहाल्दैन । हामी नै पत्याउँदैनौं । मान्छेको स्वभाव नै त्यस्तो छ । ती कविहरु कस्ता हुन् भने, राम्रा हुन्–राम्रा हुन् भनिँदाभनिँदा साँच्चै राम्रा भएर बसेका छन् । तिनलाई पढ्दै नपढ्नेहरुका लागि पनि ती राम्रा भए । यस्ता धेरै स्रष्टा र कवि राम्रै पनि राम्रा भएर बसेका छन् । हामीमाझ अभ्यस्त भएर बसेका ती राम्राहरुसँग अभ्यस्त नभइसकेका हाम्रा कविता दाँज्नु त मिल्दैन नि ! त्यसरी दाँज्नु नै हुँदैन ।

समय फरक हो । तर, अहिले कमसल कविता लेखिइरहेका छन् भन्ने म मान्दिनँ, उत्कृष्ट कविता नै लेखिँदै छन् । त्यो समयको र यो समयको कविता दाँजेर यो ठूलो कि त्यो ठूलो, यो राम्रो कि त्यो राम्रो भन्ने त तुलना गर्ने कुरा नै होइन । तर, हाम्रो समकालीन नेपाली कविता कमसल लेखिरहेको स्थिति चाहिँ होइन।

तर, समीक्षकको एकपाने समीक्षादेखि चिया गफका जोकहरुसम्म अहिलेका नेपाली कविता खासै गुणस्तरीय छैनन् भन्ने टिप्पणी किन आउने गर्छ त ? कविताहरु नपढिएर हो ?

– होइन । हाम्रो स्थिति नै फरक छ । हामी वर्तमानमा बाँचिरहेका छौं, तर हाम्रो सोच र कल्पना पूरै विगतको छ । यो चाहिँ हाम्रो शिक्षा पद्दतिले पनि गर्योए होला । त्यही किसिमले हाम्रो सौन्दर्यको मापदण्ड भरिएर आयो । हामी वर्तमानमा टेके पनि विगतमा बाँचिरहेका छौं । हामी २०४० सालभन्दा यता झरेकै छैनौं । त्यसरी अतीत मोहमा फसे पनि हाम्रो दिनचर्या त त्योभन्दा कता हो कता अघि बढिसकेको छ । हामी २४ घन्टामा १२ घन्टा फेसबुक–ट्विटरमा हुन्छौं । हाम्रो खानपान बदलिसक्यो । हाम्रो सुत्ने र उठ्ने टाइम बदलिसक्यो । हाम्रो गफ गर्ने र प्रेम साट्ने तरिका बदलिसक्यो। 

तर, लेखनमा हेर्ने हो भने चौतारीमा मायालु भेटेको र पर्खेको कुरा अहिले पनि गीत र कविताहरुमा लेखिन्छ । जब कि चौतारीहरु नै छैनन् (हाँसो) । जब कि ऊसँग पहिले लभ परेको केटी कति पछि फेसबुकमा भेटिन्छे । अहिलेको हाम्रो अवस्था त यस्तो हो नि त । हाम्रो जीवन त यो संकटमा छ नि त । यो संकटले होला, साहित्यले हामीलाई छोएन–छोएन भनिरहेको । तर, नेपाली कविताहरु जति प्रयोग भएर आए, ती कमसल छैनन् । अघि कुरा गरियो, राम्रोको मानक हामीसँग बेग्लै छ । हामी त्यही लेभलमा आज पनि खोज्छौं । तर, हामी बाँचिरहेको स्थिति र समय त त्यो छैन । हाम्रो जीवन पद्दति फरक भइसक्यो।

कविताका आजका पाठक चाहिँ कस्ता पाउनुहुन्छ ?

– पाठक त थरीथरीका भेटिन्छन् । प्रबुद्ध पनि भेटिन्छन्, कमसल पनि भेटिन्छन् । कोही गाली गर्ने पाठक पनि छन् । ठूला पाठकहरु त कस्ता–कस्ता भेटिन्छन् । जस्तैः मेरो ‘खोलाको गीत’ किताबका कविताहरु पढिसकेर एक जनाले मलाई फोन गर्नुभयो । खोलाको गीत पढेँ, तर किताबको नाम नै भएन भन्नुभयो । मैले यो नाम न मलाई राम्रो लागेको भनेँ। 

अनि उहाँले भन्नुभयो– यो त ‘खोलाको कविता’ हुनुपर्ने । (हाँसो) । यस्ता पाठकसम्म भेटिन्छन् । तर, जे–जस्तो भए पनि ऊ पाठक त हो । ऊ आफ्नै किसिमले बुझ्न चाहन्छ भने बुझोस् । फेरि ऊ ठूलै पाठक हो । सिंगै कविता पढेर ऊ त्यो निष्कर्षमा पुगेको हो । मैले तपाईं गलत भन्न कहाँ हुन्छ र!

प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४  ०४:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशका मुख्य राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ?
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा
सम्बन्धित सामग्री
एनसेलका ग्राहकले अल्टिमा ग्याजेटमा ६०% सम्म छुट पाउने भएका छन् एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको साझेदारीसँगै एनसेल ग्राहकहरूले अल्टिमाका विभिन्न ग्याजेटहरूमा छुट प्राप्त गर्ने भएका हुन्। मंगलबार, जेठ २६, २०८३
करेन्ट चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण : एक निश्चित ब्याचबाहेक सबै उत्पादन खान योग्य कम्पनीले जारी गरेको सूचनाअनुसार उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४ए भएको ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्राम प्याकेटमा मात्र... मंगलबार, जेठ २६, २०८३
काजरिया रमेश टायल्सद्वारा गण्डकी प्रदेशमा उपस्थितिको विस्तार: दलदलेमा नयाँ शोरुम सञ्चालनमा शोरुमलाई ग्राहकहरूलाई आकर्षित गर्ने तथा सहज सेवा प्रदान गर्ने उद्देश्यले आधुनिक शैलीमा व्यवस्थित गरिएको छ। यहाँ आउने ग्राहकहरूले काज... आइतबार, जेठ १७, २०८३
ताजा समाचारसबै
देशका मुख्य राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ? मंगलबार, असार २३, २०८३
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना मंगलबार, असार २३, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्