• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'पाठकको लोभले मात्र नेपालीमा लेखिरहेको छु'

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ३०, २०७४  ०४:५९
1140x725

कविता वाचनमा ठेट शैली र लिम्बू लवजका कारण उपेन्द्र सुब्बा भिडमा अलग्गै चिनिन्छन् । कवि/कथाकारको परिचयसँगै उनी बहुल प्रतिभा बोकेका मनुवा हुन् । फिल्मको स्क्रिप्ट लेख्ने उनले पर्दामा अभिनय कौशल समेत देखाएका छन् । पछिल्लो समय उनी लिम्बू भाषासँगै नेपाली फिल्म  लेख्न व्यस्त छन् ।

सामान्य विषय उठान गरी मार्मिक अभिव्यक्ति दिन खप्पिस सुब्बाको लेखन कर्म र यससँग जोडिएका अन्य पाटोबारे जोतारे धाइबाले गरेको कुराकानीः 

तपाईंले कथा/कविता लेख्दा प्रायः मसिना र सामान्य कुरा ल्याउनुहुन्छ । तिनलाई पाठकले निकै रुचाएका छन् । मान्छेले त मसिनै कुरा रुचाउने रै’छन् नि है!

– ठूला त जीवनमा घटना पनि घटेनन् मेरो त (हाँसो) । ठूलो कुरामा मलाई लोभ पनि लाग्दैन । मान्छेले यस्तै खोज्छन् भनेर मैले लेखेको त होइन होला । मलाई सानै कुराले आकर्षित गर्योम, लोभ्यायो र मेरो छनोटमा पनि ती मसिनाहरु नै परे।

‘लाटो पहाड’ कथासंग्रहमा पूर्वी नेपालको परिवेश र लिम्बू समाज ल्याएर ठेट स्वाद चखाउनुभयो । कथामा लेख्न बाँकी प्लटहरु कति छन्?

– पहिले लाटो पहाड लेख्दा नै बनाएका प्लटहरु चार वटा पोहोरको दशैंमा लेखेँ । अब त्यस्तै चार–पाँच प्लट होलान् । तर, यसो सम्झिहेर्दा तीमध्ये दुई–तीन वटा कामै नलाग्ने रै’छन् । केही नयाँ प्लटहरु फुरेको छ । मेरो कस्तो हुन्छ भने, धेरै कथाका प्लटहरु फिल्म लेख्दा त्यसमै पसेर जान्छ । कुनै स–सानो सिक्वेन्सको रुपमा, कुनै सव–प्लटको रुपमा प्रयोग भएको कारण मेरो कथाका कच्चा पदार्थ फिल्मले निकै खर्च गर्छ।

त्यसो भए फिल्मले त साहित्यिक पाठकहरुको भाग खोस्ने रै’छ नि !

– त्यसरी त खोसिन्छ कि क्या हो ! बनाइरहेको हुन्छु प्लटहरु । तर, फिल्ममा पनि सिक्वेन्सहरु बनाउनुपर्‍यो । पात्रहरु निकाल्दा कथाका प्लटहरु त्यसमै खर्च हुन्छ । त्यसरी नै कम भएको हो ।

Ncell 2
Ncell 2
nimb
nimb

यसको मतलब नयाँ कथासंग्रह तत्काल आउँदैन ?

– तत्काल आउँदैन । अलि पछि संग्रह बन्नेगरी फुर्सदमा लेखिन्छ कि । कथाहरु लेखिँदैन भन्ने त हुँदैन होला । अब जीवनमा लेखेरै यहाँसम्म आएपछि त बाँकी जिन्दगी पनि लेखेरै त गुजारा गर्ने होला मैले । तत्काल चाहिँ आफ्नै लिम्बू समुदायका फिल्महरु र एउटा नेपाली फिल्मको काममा व्यस्त छु।

तपाईंका कथाहरुमा पूर्वी नेपालका आफ्नै गाउँघरका कुरा बढीजसो आएका छन् । पाँचथर छाडेर काठमाडौंमा बस्न थाल्नुभएको पनि एक दशक भइसक्यो । तर, नयाँ कथाहरुमा सहरका कुरा खासै आउँदैनन् नि !

– मैले पनि भर्खरै मात्र पत्ता लगाएको कुरा चाहिँ म अतीत बढी बाँच्दै रै’छु । त्यसो हुनुमा थुप्रै कारण होलान् । मान्छे बूढो हुँदै गएपछि बैंस र विगतको कुरा धेरै याद आउँछ रे । मलाई चाहिँ लेखनको लागि यही चाहिँ नयाँ कुरा हुन्छन् भन्ने लोभ पनि लाग्यो होला । किनकि मैले बाँचेर आएको समाजका पात्रहरु त नेपाली साहित्यमा थिएनन् नै, यिनीहरु लेखिनुपर्छ भन्ने पनि होला मेरो दिमागले भनेको । त्यही भएर पूर्वी नेपालका कथाहरु लेखेँ होला । अलिक मभन्दा अगाडिको समाजको कथा पनि लेखेकै हो । मेरै समय बरु कम उपस्थित छ त्यहाँ । त्यो त मलाई पनि लागेकै हो । तर, अझै पनि लेख्दा चाहिँ मसँग त्यस्तै प्लटहरु दिमागमा धेर छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, तपाईंको आँखाबाट सहरमा बाँच्दाको कथालाई फरक रुपमा प्रस्तुत गर्न सक्नुहुन्थ्यो होला नि । सहरमा कथा देख्नुभएन कि चासो नदिनुभएको ?

– मैले चासो कम राखेँ होला । किनभने मेरो दिमागमै बढी प्लटहरु उतैको भएको, ती प्लटहरु लेखिन बाँकी नै रहेको अवस्थामा सहरका कुरा भर्न त खाली स्पेस चाहियो नि ! मलाई खाली नै नबनाइरहेको अवस्था होला । फ्याट्टै लेखूँ भन्ने त्यस्तो घटना, दुर्घटना भेट्दिनँ म । मेरो दिमागले पनि खोज्दैन होला । ख्यालै गर्दिनँ होला नि ।

एक दशक काठमाडौंमा बाँच्दै आउँदा सहर सामान्य लाग्यो कि असामान्य ?

– मेरो लागि त साह्रै सामान्य छ । केही गाह्रै छैन । म बस्ने ठाउँ (ललितपुरको नखीपोट विशाल चोक) को बाटैभरि लिम्बू कुरा मात्र बोल्छन् । म काठमाडौंमा छु भन्ने कहीँ फिल नै छैन । एक हिसाबले काठमाडौंभित्रको लिम्बू गाउँ हो त्यो । मेरो घरभित्र लिम्बू भाषा बोल्छु, मेरो घरबाहिर त्यो बाटोभरि मान्छेहरु लिम्बू भाषा बोल्छन् । लुगा लगाइ, बसाइ र ख्वाइ त्यस्तै छ । अनि त काठमाडौंमा छु भन्ने नै बिर्सिन्छु म त (हाँसो) । त्यसैले पनि त्यस्तो भएको हो कि! 

म काठमाडौंका साथीहरुका संस्मरणहरु सुन्छु, कस्तो गजब–गजब लाग्छ । कोठाभाडा मागेर हैरान पार्दाको पीर, भान्सामा किनामा पकाउँदा घरबेटी रिसाएको । मैले काठमाडौंमा त्यस्तो त भोग्नै पाइनँ हाउ ! म त ‘किनामा’ (भटमासबाट बनाइने लिम्बू परिकार), गुन्द्रुक, सिन्की, सुंगुरको मासुसँगै यतै आइपुगेँ सीधै । पहिला–पहिला साथीहरुले कस्तो रमाइलो अनुभव सुनाउँथे भने, ‘किनामा’ पकाउँदा गन्हाएपछि घरबेटीले कोठाको दुई महिनाको भाडा नै नलिई खेदेको, कुनै घरमा सुंगुरको मासु पकाउनै नदेको । मसँग त त्यस्तो संस्मरण नै भएन। 

समाजमा कथाको प्लट खोज्नकै लागि साहित्यिक उद्देश्यले घुमफिर गर्ने पनि गर्नुहुन्छ कि ?

– साहित्यिक उद्देश्यले त घुम्दै त छुइनँ । तर, गत वर्ष कम्ता धेरै घुमिनछु । लेख्नलाई पनि दिमागमा यति धेरै विषय कलेक्सन भएको छ । तर, ती विषयले अहिले प्राथमिकता पाइरहेका छैनन् । लेख्नलाई अरु नै कुरा धेरै छन् । यात्राले लेखनलाई त साह्रै ठूलो सहयोग गर्छ । किनभने त्यही समाज हो, तिनै मान्छेहरुको कथा हो । मान्छेहरुका दुःख फरक–फरक हुन्छन् । यस हिसाबले लेखकलाई यात्रा निकै जरुरी हुन्छ । यदि तपाईंसँग लेख्नका लागि कच्चा पदार्थ कम छ भने त्यसलाई भर्ने चिज यात्रा नै हो । मसँग चाहिँ पुरानै कच्चा पदार्थ ननिख्रेको कारणले होला, नयाँले ठाउँ पाएको छैन । तर, घुम्ने क्रम चाहिँ जारी छ।

पछिल्लो समय नेपाली लेखकहरुले फिल्ड रिसर्च नै गरेर लेख्ने क्रम केही देखिए पनि धेरजसो त कोठामा बस्ने र कल्पनाका अनेक कुरा गुथेर लेख्ने प्रवृत्ति छ नि !

– एउटा कुरा त कतिसम्म कल्पना गर्नुहुन्छ र ! रिसर्च बिना त अर्को समाजको कथा लेख्नै सकिँदैन । लेख्न खोजे त्यहाँ दुर्घटना अवश्य हुन्छ । तपाईंले बाँचेर आएका समाज र समय लेख्दै हुनुहुन्छ भने त कोठामै बसेर लेखे पनि फरक नपर्ला । तर, फरक परिवेश, फरक संस्कृतिमा तपाईं कलम चलाउँदै हुनुहुन्छ भने रिसर्च त अनिवार्य हो । स्थानीय भूगोलमै गएर त्यहाँको जीवन भोगाइ हेरेर लेखियो भने त साह्रै सुन्दर कुरा हो नि । त्यो जीवन्त हुने कुरा हो नि । नेपाली लेखकले त्यो चाहिँ गर्न जरुरी छ। 

हाम्रा लेखकले आफ्नो समाजको कुरा त सहज रुपमा लेख्छन्, फरक समाज र समुदायको कुरा चाहिँ कत्तिको लेखिरहेका छन् ?

– खासै लेखिरहेका छैनन् । त्यो नलेखेकै कारण मेरो समाजको कथाव्यथा उघ्रेर बाहिर आएन । लेखकहरु फरक समाजमाथि लेख्न डराउँछ नि त । किनकि जानकार नै हुँदैन । फरक समाजको मान्छे कसरी बुझ्छ, कसरी बस्छ, कसरी खान्छ, लेखकलाई थाहा हुन्न । अनि लेखिन्न । त्यही भएर लिम्बू समाजका कथा–व्यथा उब्रिएर रहे । त्यो अरु कसैले वा मेरो समाजका कुनै प्रतिनिधि लेखकले लेख्दिएको भए पनि म कथा लेख्ने जाँगर चलाउँदिन थिएँ । म त्यस्तो क्षमता राख्दिनँ आख्यानमा । यो कुरा थाहा हुँदाहुँदै पनि लेख्ने आँट गरेको मात्रै हुँ । आफ्नो समाजको कथा नलेखिएकैले आफू तम्सिनुपर्‍यो । नत्र भने मलाई आख्यानमा कलम चलाउने आँटै छैन।

तपाईंले चाहिँ आफ्नोभन्दा फरक समाजको कथा लेख्न कत्तिको जोखिम मोल्नुभएको छ ?

– मैले त लेखेकै छैन । खासमा लेख्न आँट पनि आउँदैन मलाई । किनभने म जति लेख्छु, मेरो समाज वरिपरि नै रहन्छु । त्यो भन्दा पर लेख्न मलाई आँटै छैन । म मेरै लिम्बू भाषामा पनि लेख्थेँ हुँला । किनकि नेपाली त मेरो दोस्रो भाषा हो । म सम्पर्क गर्न लिम्बू भाषामै जान्दछु र लेख्न धेरै सहज महसुस गर्छु । तर, लिम्बू भाषामा लेख्दा पाठक नपाउनाले पाठकको लोभले मात्र हो, म नेपालीमा लेखिरहेको । म सोच्दा पनि लिम्बूमै सोच्छु । कतिपय लिम्बू भाषामा भएका शब्दहरु, कुनै बस्तीका नामहरु नेपालीमा नभेट्दा धेरै विज्ञहरुसँग सोधेर लेख्ने पनि गरेको छु । 

आख्यान लेख्न त्यति जाँगर नचल्ने भनेपछि तपाईंको मोह गाँसिएको एकमात्र विधा कविता नै हो ?

– हो । साँच्चै लोभिएको र सपना गाँसिएको कविता मात्रै हो । कविता लेख्छु भन्ने चाहिँ मलाई भित्रैदेखि छ, कवि हुन्छु भन्ने मोह पनि छ । अरु कुरा त केही रहर र केही बाध्यता जस्ता हुन्। 

कविता सबभन्दा ठूलो सोख हो मेरो । कविताको किताब साह्रै ठूलो भोल्युममा निकाल्ने मेरो इच्छा छ । पूरै नयाँ कविताहरु राखेर निकाल्ने हो । यो मेरो जीवनको सपना जस्तै हो । हामीकहाँ सामान्यतया ५०/६० वा सय पेजका कवितासंग्रहहरु निकालिन्छ । जसले पाठकलाई घान नै नपुग्दो रै’छ । यसो गर्योप, एक घण्टामै पढिसिद्धिने । लागोस् न त आख्यान जत्तिकै समय । निकै धेरै कविताहरु राखेर अलि बाक्लो पेजहरुमा ल्याऊँ भन्ने सोचमा छु । 

पछिल्लो समय किताबको बजारमा उपन्यास र आत्मकथा बढी हावी हुँदा कविता चाहिँ किनारामा परे जस्तो किन भएको होला ?

– यसो हुनुको कारण कविता सबैको पहुँचमा भएन । अलि बौद्धिक कुरा भयो । हामी कविले त्यति धेरै पाठक खोज्नु पनि जायज कुरा मलाई लाग्दैन । अर्को कुरा, हामी कविहरुमा स्वाभिमान अलि बढी भयो कि ! जसरी कविहरु ‘रिजर्भ’ बस्छौं, म कवि हो, मलाई अरुहरुले पुज्नुपर्छ भन्ने टाइपको । अरु नै माग्दै–खोज्दै आउनुपर्छ भन्ने सोच्छौं । यो तरिकाले त भएन ! 

हामी कविहरु यसरी रिजर्भमा बस्नु भएन । बिक्री नगर्ने हो भने त भैगो । तर, बजारमा बिक्रीको लागि छाप्ने हो भने विज्ञापन गर्न किन डराउनु ? जब मूल्य नै राख्छौ, बिक्रीको लागि बजारमा स्टलहरुमा पठाउँछौ भने मेरो किताब पनि निस्किएको छ, पढ्दिनुस् भन्न किन अपमानबोध गर्नुपर्छ र!

तपाईंको कविताकृति ‘खोलाको गीत’ बिक्रीको अनुभव चाहिँ कस्तो छ ?

– श्रवण दाइ (मुकारुङ) को ‘बिसे नगर्चीको बयान’ ३२–३३ सय गएको रे । तीन हजार ३५ सय बिक्री हुन भनेको बजार त रै’छ त । चार हजार मान्छे कविता पढ्छन् भने त यो त राम्रो कुरा हो । मेरो पनि यस्तै संख्यामा बिक्री भएको भन्ने कुरा छ । कविता अरु आख्यानहरु जस्तो गइराख्नु जरुरी पनि लाग्दैन। 

कविलाई के कुराले खारिएको र सशक्त बनाउने रै’छ ?

– चिन्तनले नै सशक्त बनाउने हो । चिन्तन कत्तिको गहिराइमा छ, जीवन, जगत्, समाज, देशको बारेमा ? कत्तिको गम्भीर हुनुहुन्छ ? त्यसले नै खार्ने हो कविता।

नेपाली आधुनिक कविताको कुरा गर्दा समालोचकहरु गोपालप्रसाद रिमाल, भूपी शेरचन जस्ता कविमै अलमलिएको देखिन्छ । मेलो पछिल्लो समयसम्म बढ्दै बढ्दैन । यसको कारण के होला ?

– त्यो स्वाभाविक नै हो । समाजको स्वभाव नै यथास्थितिवादी हुन्छ । त्यस्तो स्वभाव हुँदा नयाँ कुरा समाजले झ्वाम्मै पत्याइहाल्दैन । हामी नै पत्याउँदैनौं । मान्छेको स्वभाव नै त्यस्तो छ । ती कविहरु कस्ता हुन् भने, राम्रा हुन्–राम्रा हुन् भनिँदाभनिँदा साँच्चै राम्रा भएर बसेका छन् । तिनलाई पढ्दै नपढ्नेहरुका लागि पनि ती राम्रा भए । यस्ता धेरै स्रष्टा र कवि राम्रै पनि राम्रा भएर बसेका छन् । हामीमाझ अभ्यस्त भएर बसेका ती राम्राहरुसँग अभ्यस्त नभइसकेका हाम्रा कविता दाँज्नु त मिल्दैन नि ! त्यसरी दाँज्नु नै हुँदैन ।

समय फरक हो । तर, अहिले कमसल कविता लेखिइरहेका छन् भन्ने म मान्दिनँ, उत्कृष्ट कविता नै लेखिँदै छन् । त्यो समयको र यो समयको कविता दाँजेर यो ठूलो कि त्यो ठूलो, यो राम्रो कि त्यो राम्रो भन्ने त तुलना गर्ने कुरा नै होइन । तर, हाम्रो समकालीन नेपाली कविता कमसल लेखिरहेको स्थिति चाहिँ होइन।

तर, समीक्षकको एकपाने समीक्षादेखि चिया गफका जोकहरुसम्म अहिलेका नेपाली कविता खासै गुणस्तरीय छैनन् भन्ने टिप्पणी किन आउने गर्छ त ? कविताहरु नपढिएर हो ?

– होइन । हाम्रो स्थिति नै फरक छ । हामी वर्तमानमा बाँचिरहेका छौं, तर हाम्रो सोच र कल्पना पूरै विगतको छ । यो चाहिँ हाम्रो शिक्षा पद्दतिले पनि गर्योए होला । त्यही किसिमले हाम्रो सौन्दर्यको मापदण्ड भरिएर आयो । हामी वर्तमानमा टेके पनि विगतमा बाँचिरहेका छौं । हामी २०४० सालभन्दा यता झरेकै छैनौं । त्यसरी अतीत मोहमा फसे पनि हाम्रो दिनचर्या त त्योभन्दा कता हो कता अघि बढिसकेको छ । हामी २४ घन्टामा १२ घन्टा फेसबुक–ट्विटरमा हुन्छौं । हाम्रो खानपान बदलिसक्यो । हाम्रो सुत्ने र उठ्ने टाइम बदलिसक्यो । हाम्रो गफ गर्ने र प्रेम साट्ने तरिका बदलिसक्यो। 

तर, लेखनमा हेर्ने हो भने चौतारीमा मायालु भेटेको र पर्खेको कुरा अहिले पनि गीत र कविताहरुमा लेखिन्छ । जब कि चौतारीहरु नै छैनन् (हाँसो) । जब कि ऊसँग पहिले लभ परेको केटी कति पछि फेसबुकमा भेटिन्छे । अहिलेको हाम्रो अवस्था त यस्तो हो नि त । हाम्रो जीवन त यो संकटमा छ नि त । यो संकटले होला, साहित्यले हामीलाई छोएन–छोएन भनिरहेको । तर, नेपाली कविताहरु जति प्रयोग भएर आए, ती कमसल छैनन् । अघि कुरा गरियो, राम्रोको मानक हामीसँग बेग्लै छ । हामी त्यही लेभलमा आज पनि खोज्छौं । तर, हामी बाँचिरहेको स्थिति र समय त त्यो छैन । हाम्रो जीवन पद्दति फरक भइसक्यो।

कविताका आजका पाठक चाहिँ कस्ता पाउनुहुन्छ ?

– पाठक त थरीथरीका भेटिन्छन् । प्रबुद्ध पनि भेटिन्छन्, कमसल पनि भेटिन्छन् । कोही गाली गर्ने पाठक पनि छन् । ठूला पाठकहरु त कस्ता–कस्ता भेटिन्छन् । जस्तैः मेरो ‘खोलाको गीत’ किताबका कविताहरु पढिसकेर एक जनाले मलाई फोन गर्नुभयो । खोलाको गीत पढेँ, तर किताबको नाम नै भएन भन्नुभयो । मैले यो नाम न मलाई राम्रो लागेको भनेँ। 

अनि उहाँले भन्नुभयो– यो त ‘खोलाको कविता’ हुनुपर्ने । (हाँसो) । यस्ता पाठकसम्म भेटिन्छन् । तर, जे–जस्तो भए पनि ऊ पाठक त हो । ऊ आफ्नै किसिमले बुझ्न चाहन्छ भने बुझोस् । फेरि ऊ ठूलै पाठक हो । सिंगै कविता पढेर ऊ त्यो निष्कर्षमा पुगेको हो । मैले तपाईं गलत भन्न कहाँ हुन्छ र!

प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४  ०४:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्