• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ट्रम्पले निर्वाचन लड्न हुने, मैले किन नहुने : बसरुद्धिन अन्सारी

64x64
नेपाल लाइभ बिहीबार, भदौ २९, २०७४  २१:०९
1140x725

वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका प्रत्यासी बनेका काठमाडौं र वीरगञ्ज नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीले नेपाल लाइभसँगको विशेष कुराकानीमा आफ्नो जित सुनिश्चत देखेपछि विपक्षीले अनेक लाञ्छना लगाउन थालेको बताए। उनले आफ्नो वीरगञ्ज नेसनल मेडिकल कलेज र काठमाडौं नेसनल मेडिकल कलेजमा दाउदको लगानी प्रमाणित भए कुनै पनि सजाय भोग्न तयार रहेको बताएका हुन्।

उनले आफू एमालेमा प्रवेश गरेसँगै सम्बन्धन, कर छली र दाउदको लगानी जस्ता निराधार आरोप विपक्षीको डिजाइनमा लगाएइको बताए । अन्सारीको दाउदसँग साँठगाँठको खुलासा नेपाल लाइभले गरेको थियो । भारतीय दूतावासले २०६२ भदौ २२ मा परराष्ट्र मन्त्रालयमा पत्र लेख्दै अन्सारी सञ्चालक रहेका मेडिकल कलेजमा दाउदको लगानी रहेकाले छानबिन गर्न आग्रह गरेको थियो। 

‘म राष्ट्रवादी मान्छे हुँ, मेयर पदमा मनोनयन दिएयता विरोधीहरु तर्सिएर विभिन्न आरोप लगाएका छन्,’ कुराकानीमा उनले भनेका छन् । वीरगञ्जमा नेपाल लाइभका लागि रुपेश श्रेष्ठले अन्सारीसँग गरेको कुरकानी:

तपाईं अर्कै पेशाको मान्छे कसरी राजनीतिमा आउनुभयो ? 

- अमेरिकी राष्ट्रपति ट्रम्प पनि अर्कै क्षेत्रबाट आएका हुन नि । ट्रम्प निर्वाचन लड्न सक्छन् भने म किन नसक्नु ! वीरगञ्जका नेताहरुले यहाँको परिस्थिति जुन निर्माण गरे, वीरगञ्जलाई राजनीति गर्ने र बन्द-हडताल गर्ने अखडा बनाए, त्यो सबै तोड्नका लागि मेरो उम्मेदवारी हो। 

पहिले कांग्रेसको शुभचिन्तक हुनुहुन्थ्यो, माओवादीमा आउनुभयो । अहिले एमालेबाट निर्वाचन लड्दै हुनुहुन्छ । किन ?

- मान्छे जित्नका लागि लड्ने हो । जहाँबाट जित सुनिश्चित हुन्छ, त्यहीँबाट लड्ने हो । समय र परिस्थितिले मान्छेलाई परिवर्तन गर्छ । मैले धेरै अध्ययन गरेपछि मात्र एमालेमा प्रवेश गरेको हुँ । एमाले ‘क्याडरवेस’ पार्टी हो । यहाँका कार्यकर्ता (पार्टीको नीतिप्रति) अडिग हुन्छन् । देशप्रेमी पार्टी भनेको नै एमाले हो । कसैसँग झुकेको छैन, झुक्नेवाला पनि छैन । मलाई पूर्ण विश्वास छ । म पनि राष्ट्रवादी मान्छे हुँ । मेरो जन्मभूमि, कर्मभूमि सबै यहीँ हो, त्यसैले यसका लागि शहीद हुन तयार छु। 

तपाईं विवादित मान्छे । नेसनल मेडिकल कलेजको विषयमा विवाद छ नि ? 

Ncell 2
Ncell 2
nimb
nimb

- मेरो विषयमा अनगिन्ती कुरा हुन्छ । मलाई दुःख लाग्छ । म एउटा नेपाली भएर व्यापार गर्न पाउने कि नपाउने ? नेसनल कलेज सम्बन्धनको विषयमा जुन कुरा उठिरहेको छ, म भन्न चाहन्छु– मलाई सम्बन्धन कसले दियो ? सरकारले दियो । अस्पताल बनाउन कसले भन्यो ? नेपाल सरकारले । मेरो आफ्नो पैसा लगानी भइसकेपछि के मैले व्यपार गर्न पाउँदिनँ त ? सर्वोच्च अदालतले मान्यता दिएको कुरालाई प्रधानमन्त्री जस्तो मान्छेले सम्बन्धन काट्नुपर्छ भन्दा दुःख लाग्छ। 

कुनै पनि मेडिकल कलेजले राष्ट्रप्रति वफादार भएर काम गर्दैन भने त्यसलाई बन्द गरे हुन्छ । त्यसमा म सहमत छु । प्राइभेट मेडिकल कलेजहरुले ८६ अर्ब रुपैयाँ लगानी गरेका छन् । यी मेडिकल कलेजहरुले गर्दा विदेश जाने पैसा रोकिएको छ । नेपालमा रोजगारी पनि सिर्जना गरेको छ । यो कुरा पनि हेर्नुपर्छ। वीरगञ्जमा हामी वार्षिक १४ करोड रुपैयाँ ट्याक्स तिर्छौं । २४ सयलाई प्रत्यक्ष रोजगारी दिएका छौं। 

तपाईं संलग्न रहेको मेडिकल कलेजमा दाउदको लगानी भन्ने पनि आयो नि ?

- केही कुरा पाएन भने मान्छेले जे पनि भन्छ । म च्यालेन्ज गर्छु, आज कसैले प्रमाणित गरिदेओस्, सरकारले बन्द गर्नुपर्दैन, म आफैं बन्द गर्छु । यसअघि पनि म निर्वाचनमा उठेको थिएँ । १७ वर्षदेखि राजनीतिमा छु । यस अगाडि कुनै कुरा आएन, अहिले आइरहेको छ । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भनेपछि तपाईं एमालेमा प्रवेश गरेपछि यो बखेडा भएको हो ?

- शतप्रतिशत । पहिले मधेसमा एमाले बढारिसकेका छौं भन्थे, लखेटिसकेका छौं भन्थे । उम्मेदवार दर्ताको दिन एमालेको शक्ति देखेपछि आत्तिएका छन् । अहिले पर्सा जिल्ला नै एमालेमय भयो भनेर भनिरहेका छन् । मलाई आरोप लगाउनु भनेको पराजित मानसिकताको उपज हो । अरु केही होइन। 

मेयरको उम्मेदवारको रुपमा तपाईंका योजना के छन् ? 

- मैले मेयर जितेपछि पहिलो प्राथमिकतामा बाटोघाटो निर्माणलाई राखेको छु । यहाँ बाटो चौडा पार्ने होइन, बाटो नै छैन । पहिले बाटो बनाउनुपर्ने आवश्यकता छ । बाटो भनिएको ठाउँमा ३–४ फिट खाल्टो छ । दोस्रो प्राथमिकतामा नाला छ । नाला व्यवस्थित गर्न सकिएन भने जति नै सडक बनाए पनि त्यो खराब हुन्छ । तेस्रोमा फोहोर छ । रक्सौलबाट आउँदा बोर्डरमै नाक थुन्नुपर्ने अवस्था छ । अरु धेरै छन्। 

यतिको लागि कति समय लाग्छ ?

- मसँग पहिले नै डिपिआर (योजना) तयार छ । एक वर्षमा जनताले महसुस गर्ने काम गरेर देखाउँछु। 

तपाईंको अरु योजना के–के छन् ?

- वीरगञ्ज स्वास्थ्य र शिक्षाको लागि ठूलो ‘हब’ हो । यसले तराईका पाँच वटा जिल्ला ओगटेको छ । भारत विहारको पूर्वी र पश्चिम चम्पारनलाई जोड्दा लगभग तीन–साढे तीन करोड जनसंख्या यो क्षेत्रमा बसोबास गर्छन् । यहाँ पर्यटनको पनि ठूलो सम्भावना छ । मेडिकल टुरिजम प्रमाणित भइसकेको छ । गढीमाईको कुरा गर्ने हो भने गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भइसकेको छ। 

यो निर्वाचनमा आफ्नो प्रतिद्वन्दी कसलाई मान्नुभएको छ ? 
- मैले यो चुनावमा आफ्नो प्रतिद्वन्दी कसैलाई मानेको छैन । बरु अरु सबै पार्टीले मलाई उनीहरुको प्रतिस्पर्धी मानेका छन् । हामीले उम्मेदवारीको दिनमै देखाइसक्यौं, हाम्रो ताकत कति छ भनेर! निर्वाचनमा मैले पैसा खर्चिएको छैन । यदि कसैले पैसा खर्च गरेर जित्छु भन्छ भने त्यो दिवास्वप्न मात्र हुनेछ। 

हेर्नुहोस् बसरुद्धिन अन्सारीसँगको भिडियो वार्ता:
 

प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते
सम्बन्धित सामग्री
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि पक्राउ गरिएको बताइएकाे छ । शनिबार, कात्तिक २८, २०८३
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने लामिछानेले विभिन्न काल खण्डमा भएका आन्दोलनहरुमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुको रास्वपाले सम्मान गर्ने र उनीहरुले खोजेको हक अ... शनिबार, कात्तिक २८, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा उनले राजीनामा घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए । शनिबार, कात्तिक २८, २०८३
ताजा समाचारसबै
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह र ड्रोन केन्द्रलाई लक्षित गर्दै आक्रमण शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्