काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) हिमाल आरोहणका लागि नयाँ व्यवस्था लागू हुने, पहिलो पटक नै ८ हजार उचाइ माथिका हिमाल आरोहण गर्न नपाइने
२) सुनको अवैध कारोबारमा संलग्न नेपाल वायुसेवा निगमका कर्मचारी पक्राउ, करिब १७ तोला अवैध सुनसहित विमानस्थल भन्सार कार्यालयको नियन्त्रणमा
३) गत आर्थिक वर्षमा पेन्सनका लागि ४३ अर्ब ५६ करोड रुपैयाँ खर्च, सेवा निवृत्त कर्मचारीको संख्या २ लाख ७० हजार
४) सागको तयारीमा रहेको नेपाली महिला फुटबल टोली कीर्गिस्तानमा हुने नादेझ्दा कपमा सहभागी हुने, ५ दिनमा ४ खेल खेल्दै
५) र, सिक्किम डेमोक्रेटिक फ्रन्टका दुई तिहाइ विधायकद्वारा पार्टी परित्याग, शून्य सिट भएको भाजपाले पायो १० विधायक
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।