नेपाली कांग्रेसका लागि मधेस इतिहासदेखि नै आधार क्षेत्र बन्दै आएको छ। कांग्रेसले सञ्चालन गरेका प्रजातान्त्रिक आन्दोलनमा मधेसको सक्रिय समर्थन रहँदै आएको थियो। पछिल्लो समय कांग्रेसप्रति मधेसको मोह भंग भएको छ। आधार क्षेत्रमा कांग्रेस कमजोर हुँदै गएको छ।
राजनीतिक विश्लेषक सीके लाल गिरिजाप्रसाद कोइरालाको निधनपछि मधेसमा लगभग कांग्रेस लगभग सक्किएको टिप्पणी गर्छन्। 'गिरिजाप्रसाद कोइरालाले सम्हाल्ने काम गरे। त्यो बेलाको समयलाई हेरियो भने जनमत संग्रहपछि मधेसमा सबैभन्दा बढी दौडाहा गरेको व्यक्ति गिरिजा नै हो,' उनले भने, 'नेपाल भित्रबाट नभ्याएको बेला बोर्डरबाट छिरेर भए पनि मधेसीलाई आश्वस्त बनाउँदै उनी हिँडेका छन्। उनले जनमत संग्रहपछि पनि मधेसको लागि कांग्रेस नै हो भन्ने छाप छोडे। त्यही भएर मधेसले उनलाई पत्यायो पनि।'
पटक-पटक मधेसकै आडमा सत्ताको बागडोर सम्हाल्न पुगेको कांग्रेससँग मधेसका खास अपेक्षा के थिए? कांग्रेसले कति सम्बोधन गर्न सक्यो त?
नेपाल लाइभको ‘मधेसमा कांग्रेस' शृंखलाका लागि राजनीतिक विश्लेषक सीके लालसँग लिलु डुम्रेले गरेको कुराकानी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।