• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजपाको मुद्दामा जनताको साथ छ : राजेशमान सिंह

64x64
नेपाल लाइभ बिहीबार, भदौ २९, २०७४  २०:४६
1140x725

वीरगञ्जलाई आफ्नो आधार क्षेत्र मानेको राष्ट्रिय जनता पार्टीले बाहुबली नेता राजेशमान सिंहलाई मेयर पदको उम्मेदवार बनाएको छ । टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजपाका नेता विमलकुमार श्रीवास्तव विजय गच्छदारको फोरमबाट मेयरका उम्मेदवार बनेका छन्।

आफूलाई बोल्ने भन्दा गरेर देखाउने कार्यकर्ताका रुपमा व्याख्या गर्ने सिंह पहाडी मूलका मधेसी नेता हुन् । वीरगञ्जमा एक तहका युवामाझ लोकप्रिय सिंहका लागि ‘कास्ट फ्याक्टर’ अनुकूल र प्रतिकूल दुवै हुनसक्ने अनुमान गरिँदै छ।

एक घर एक युवा, बालिका संरक्षण र औद्योगिक प्रवर्द्धन जस्ता नारा लिएर चुनावी मैदानमा उत्रिएका सिंह पार्टी छाडेर जानेहरुका कारण मतदातामा कुनै असर नपर्ने दाबी गर्छन्। 
वीरगञ्जस्थित नेपाल लाइभको अस्थायी स्टुडियोमा सिंहले रुपेश श्रेष्ठसँग गरेको कुराकानीः 

कस्तो चल्दै छ प्रचारप्रसार ?

- घरदैलो कार्यक्रममै व्यस्तता छ। जनताको घरघरमै पुगेर भोट माग्दै छौं।

२० वर्षपछि यस्तो चुनाव हुँदैछ। यो चुनावमा तपाईं सहभागी भइरहँदा जनतामाँझ के लिएर गइरहनुभएको छ ?

- वीरगञ्ज निकै अस्तव्यस्त सहर भएको छ । यसलाई व्यवस्थित गर्नु नै सबैभन्दा ठूलो चुनौती छ। सबै पार्टीले यस्तो उस्तो विकास गर्छु भनेर नाराहरु लगाइरहेका छन् । तर, राजपा नेपालको स्पष्ट धारणा छ कि जबसम्म सबै युवाहरुलाई रोजगारी प्राप्त हुँदैन तबसम्म विकास हुँदैन । विजय भएर वीरगञ्ज महानगरपालिकामा पुग्यौं भने सबैभन्दा पहिले युवाहरुलाई रोजगारी दिने, स्वरोजगार बनाउने भन्ने नै हाम्रो प्रमुख प्राथमिकता रहन्छ । जबसम्म युवाहरु विदेश जाने क्रम रोकिँदैन, रोजगार हुँदैनन्, तबसम्म कुनै विकास हुन्छ जस्तो मलाई लाग्दैन । त्यसैले पहिलो प्राथमिकता नै युवाहरुलाई रोजगारीको व्यवस्था गर्नु छ। 

अर्को, वीरगञ्जमा मेन रोडबाट बाहिर कुनै सडक बनेको छैन । त्यो बनाउनुपर्नेछ । त्यस्तै, १४ वटा गाविसलाई महानगरको वार्डमा गाभेको छ । त्यहाँ कुनै पूर्वाधारहरु छैन । यो पनि ठूलो चुनौती हो । यसलाई हामीले आत्मसंकल्पमा पनि उल्लेख गरेका छौं।

Ncell 2
Ncell 2
nimb
nimb

राजपाको चुनावी सहभागितालाई जनताले कसरी लिइरहेका छन् ?

- जनताले भनेका छन्, मधेको मुद्दामा जुन अडान राजपा नेपालले लिएको छ अरु कुनै दलले लिएका छैनन् । जबसम्म संविधान संशोधन टेबल भएन तबसम्म राजपाले चुनावमा भाग लिएनन् । 

जनताले यो पनि बुझेका छन् कि हामी यो चुनावमा लागेर सत्तामा जान्छौं भन्ने पनि झुटो हो । हामी अहिले चुनावमा गइरहेका छौं । हामी आन्दोलनमै छौं । यो आन्दोलनको पूर्वतयारी हो । हाम्रो आन्दोलन तबसम्म जारी रहन्छ, जबसम्म मधेसी, थारु, जनजाति सबैको अधिकार संविधानमा सुनिश्चित हुँदैन। 

हामी चाहन्छौं, यसपछि हुने प्रतिनिधिसभाको चुनावमा त्यसमा दुई नम्बर प्रदेशमा बढीभन्दा बढी सिट जितेर, मधेसको मुद्दामा साथ दिनेहरुलाई दुई तिहाइ मतले जिताएर संविधान संशोधन गर्ने हाम्रो लडाइँ हो । त्यो लडाइँमा हामी लागिपरेका छौं। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आन्दोलनका लागि भनेर तपाईंहरु ६ वटा दल एकै ठाउँमा आउनुभयो । तर, अहिले चुनावमा टिकट वितरण गर्ने बेलामा विवाद देखियो नि !

- मधेसी नेताहरुले पहिले त्यो गल्ती गरेका हुन् र त्यसको फल पनि पाइसकेका छन् । अहिले त मधेसी जनताको चाहना अनुसार नै ६ वटा दल एक भएका हुन् । एकीकृत भएका दलहरुले मधेसी जनताको चाहना तोड्ने हिम्मत अब गर्दैनन्। 

तर, टिकट बाँड्ने बेला पार्टीमा असाझदारी भयो र प्रत्यासी त अर्कै पार्टीबाट चुनाव लड्नुभयो । यसलाई कसरी हेर्नुहुन्छ ?

- यो हाम्रो पार्टीमा मात्रै होइन, सबै पार्टीमा छ । पार्टीमा कोही कोही व्यक्तिगत स्वार्थका लागि पनि लागीपरिरहेका हुन्छन् । त्यस्ता व्यक्तिहरुलाई चिन्ने अबसर प्राप्त भएको छ । कोही कहीँ गएर केही फरक पर्नेवाला छैन । राजपा जुन मुद्दा लिएर अगाडि बढिरहेको छ, जनता उनीहरुको साथमा छन् । कोही पार्टी छोडेर अर्को पार्टीमा टिकटको लागि गएको छ भने त्यसले पार्टीलाई कुनै फरक पर्दैन। 

तपाईंहरुप्रति आस्था र विश्वास राख्नेहरुलाई अलिकति धोका भयो होला नि ! यसभन्दा अगाडिको चुनावमा पनि आपसमा भिड्दा सकारात्मक नतिजा आएन । यो पटक पनि त्यस्तै हुने अवस्था देखिएन र ?

- हेर्नुस्, हामी ग्रास रुटबाट आएका मानिस हौं । जसले छोडेर गए उनीहरु कहाँबाट आएका हुन् भन्ने कुरा सबैले बुझिरहेका छन् । जसले चुनावै लडेर राजनीतिको व्यापार गर्ने चाहना अगालेको छ, त्यस्ता व्यक्तिलाई केही भन्न सकिँदैन । उनीहरु गएर पार्टी कमजोर हुने पनि होइन, आएर बलियो हुने पनि होइन। 

मत विभाजन त हुन्छ नि!

- त्यस्तो हुँदैन । मधेसी जनताले बुझिसकेका छन् । को मधेसको मुद्दामा, दुःखमा, समस्यामा मधेसी जनताको साथमा छन् भनेर मधेसी जनताले बुझिसकेका छन् । टिकट नपाएर एक घन्टामै पत्रकार सम्मेलन गरेर पार्टी छाडेर जानेहरुलाई जनताले व्यापारी हो भनेर बुझिसकेका छन् । हामीलाई ठग्न आएको हो भनेर जनताले एकदम राम्रोसँग बुझेका छन् । त्यसले हाम्रो पार्टीलाई मत कम आउने भन्ने छैन । त्यसैले पार्टीबाट व्यक्ति गएका छन्, जनता गएका छैनन्। 

तपाईं मेयर हुनुभयो भने जनताले अनुभव गर्ने परिवर्तनहरु के-के हुन सक्छन्?

- मैले जनतासँग जुन वाचा गरेको छु, ४० दिनमा केही कामहरु गर्नेछु । त्यो चुनौतीलाई स्वीकार गरेर जनताको माझमा गयौं । ४० दिनमा विकास र रोजगारी नै सम्भव छैन । तर, कागजी प्रक्रिया त अगाडि बढाउन सकिन्छ नि ! वीरगञ्जलाई लामखुट्टेको सहर भनिन्छ । मैले जुन दिन सपथ ग्रहण गर्छु त्यसको ३० दिनभित्र लामखुट्टेलाई नियन्त्रण गर्छु भनेर संकल्प पत्रमा स्पष्ट रुपमा लेखेका छौं । त्यो गरेर देखाउँछु । अनि जनताले महसुस गर्छन्, राजपा नेपालको टिमले जुन संकल्प गरेको थियो, त्यसलाई पूरा गर्ने सुरुवात गरिसकेको छ।

के-के हुन्छ त ४० दिनमा ?

- युवा रोजगारी, बाटो मर्मत जस्ता कुराहरुको कागजी प्रक्रिया अगाडि बढ्छ । जनताले त हेर्छन् नि ! कुनै पनि काम गर्नको लागि त पहिले कागजी प्रक्रिया सुरु गर्नुपर्छ । काम हुन लागेको अनुभूति जनतालाई दिन्छौं।

तपाईंले आन्दोलन जारी छ पनि भन्नुभयो । युवालाई रोजगारी दिने, स्वरोजगार पनि बनाउने भन्नुभयो । आन्दोलन र विकासका अरु काम कसरी जोडिन्छ?

आन्दोलन भनेका रोडमा टायर बालेर मात्रै हुँदैन । आन्दोलन गर्ने विभिन्न तरिकाहरु छन् । आन्दोलनको सही रणनीति नभएका कारणले नै तेस्रो मधेस आन्दोलनको नेतृत्व फेल भएको हो । अहिले त्यो कुरा हाम्रा मधेसी नेताहरुले बुझिसकेका छन्। 

यदि युवाहरुले रोजगारी पाए भने सरकारलाई दबाव दिन झन् सहज हुन्छ । अहिंसाको माध्यमबाट नै हामीले त्यो आन्दोलनलाई अगाडि बढाउन सक्छौं । मैले त भन्दै आएको हो, मधेसलाई बन्दमुक्त राख्छौं। 

हेर्नुहोस् राजेशमान सिंहसँगको भिडियो वार्ता:
 

प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  २०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते
सम्बन्धित सामग्री
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि पक्राउ गरिएको बताइएकाे छ । शनिबार, कात्तिक २८, २०८३
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने लामिछानेले विभिन्न काल खण्डमा भएका आन्दोलनहरुमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुको रास्वपाले सम्मान गर्ने र उनीहरुले खोजेको हक अ... शनिबार, कात्तिक २८, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा उनले राजीनामा घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए । शनिबार, कात्तिक २८, २०८३
ताजा समाचारसबै
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह र ड्रोन केन्द्रलाई लक्षित गर्दै आक्रमण शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्