लस भेगास (एजेन्सी)– अमेरिकाको लस भेगासमा हालै भएको विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक मेला ‘कन्ज्युमर इलेक्ट्रोनिक्स सो (सिइएस)’ मा एउटा अनौठो स्मार्ट स्कुटर लञ्च भएको छ।
क्जेम्बर्गको कम्पनी युजेटले सार्वजनिक गरेको यो स्कुटरलाई फोल्ड (दोबार्न) गर्न पनि मिल्दछ। युजेट नामक यो स्कुटरको डिजाइनबाट मेलामा उपस्थित हजारौं ग्राहकहरू आकर्षित भएका थिए। असिमेट्रिक फ्रेममा डिजाइन गरिएको स्कुटरको तौल ३२ किलोग्राम छ।
कम तौल र घडी भएका कारण यो स्मार्ट स्कुटरलाई जता पनि लैजान सकिन्छ। कम्पनीले स्कुटरलाई हल्का बनाउन आधुनिक धातुले बनेको चक्का र कार्बन फाइबरयुक्त पाटपूर्जा प्रयोग गरेको छ।
युजेटमा ‘एडप्टिभ एलइडी हेडलाइट’, ‘एलइडी ब्रेक लाइट’ र ‘टेल लाइट’ को प्रयोग भएको छ। स्कुटरमा ३ वटा राइडिङ मोड्स (इको, नर्मल र स्पोर्ट) समावेश गरिएको छ, जसको चक्कामा बेरिङ छैन्।
युजेटमा दुईवटा ब्याट्री उपलब्ध छ, जसअन्तर्गत एउटा ब्याट्रीबाट ७० किलोमिटर दुरी तय गर्न सकिन्छ भने अर्कोबाट १ सय ५० किलोमिटर चलाउन सकिन्छ। यसको अर्को विशेषता, भनेको स्कुटरलाई निकै छिटो चार्ज गर्न मिल्छ। यही स्कुटरको सहयोगले अर्को डिभाइस पनि चार्ज गर्न सकिन्छ। यसमा स्मार्टफोन ‘कनेक्ट’ गरेर ‘म्युजिक प्लेयर’ को पनि मज्जा लिन सकिन्छ।
युजेटमा नयाँ कम्युनिकेशन प्रणाली प्रयोग गरिएको कारण थ्रिजी, जिपिएस, वाइफाई र ब्लुटुथ पनि चलाउने सुविधा छ।
बाटोमा कुनै किसिमको समस्या आइपर्यो भने त्यसको समाधानका लागि स्कुटरमा भएको ‘फुल–डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल’ लाई मोबाइल डिभाइसमा जोड्न सकिन्छ।
कम्पनीले स्कुटरको उत्पादन २०१७ बाट सुरु गरेको थियो। यो स्कुटरको विक्री पहिले युरोपमा र त्यसपछि एशियामा गर्ने तयारी कम्पनीले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।