• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मेरो प्रतिस्पर्धा जनताको सोचसँग छ : रहबर अन्सारी

64x64
नेपाल लाइभ बिहीबार, भदौ २९, २०७४  २०:३३
1140x725

केही दिनयता सामाजिक सञ्जाल ट्विटर र फेसबुकको टाइमलाइनमा वीरगञ्जसँगै जोडिएर एउटा नाम चर्चामा छ । उनी हुन्, नेकपा माओवादी केन्द्रबाट महानगरपालिकाको मेयरका उम्मेदवार बनेका रहबर अन्सारी। 

काठमाडौं महानगरपालिकाको निर्वाचनमा युवा उम्मेदवार रञ्जु दर्शना जस्तै अहिले समाजिक सञ्जालमा सक्रिय युवा पुस्ताले अन्सारीको पक्षमा भरपूर वकालत गरिरहेका छन् । तर, मधेस, त्यो पनि पुरातन सोचको पर्याय पर्साका गाविस समेत गाभिएको वीरगञ्ज महानगरमा सामाजिक सञ्जालको चर्चाका भरमा मतदान गर्ने अवस्था बलियो छैन । र, सामाजिक सञ्जालमा चर्चा गर्ने अधिकांश युवा रहबरका मतदाता समेत होइनन्। 

उमेरले ३१ कटेका, अनुहार र जिउडाल मिलेका युवा उद्यमी रहबर वीरगञ्जको राजनीतिमा ‘छक्का–पञ्जा’ बुझेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् । के भन्छन् त ‘ह्यान्डसम उम्मेदवार’ को उपमा पाएका रहरबर अन्सारी ? उनले वीरगञ्जमा नेपाल लाइभका लागि रुपेश श्रेष्ठसँग यसरी खुलेर कुराकानी गरेका छन्:

चुनावको प्रचार कस्तो चल्दै छ ?

- चल्दै छ । चुनावको समय पनि एकदम नजिकिएको छ । ४८ घण्टा अगाडि सबै प्रचारप्रसार बन्द गर्नुपर्ने हुनाले अहिले चुनावी गतिविधि अलि बढी भएको छ। 

तपाईं राजनीतिमा नयाँ हुनुहुन्छ भन्ने खालको बुझाइ छ। राजनीतिमा आफूलाई कसरी परिचित गराउनुहुन्छ ?

- नयाँ होइन । माओवादीसँग आबद्ध भएको सात वर्ष भइसक्यो । तर, प्रत्यक्ष (चुनावी) राजनीतिमा लागेको धेरै भएको छैन । रोहबर वीरगञ्जमा सामाजिक संस्था चलाइरहेको व्यक्ति हो । त्यसै क्रममा रोहबर विदेश पढ्न गयो र विदेशबाट आएको केही समयपछि चुनाव पनि आयो । पार्टीले रोहबरलाई टिकट दिने निर्णय गर्योर र उसले उम्मेदवारी दिएको छ। 

विदेशमा पढेर आएको मान्छे यहाँ आएर किन राजनीतिमा लाग्न चाहनुभयो ?

Ncell 2
Ncell 2
nimb
nimb

- विदेशको युनिभर्सिटीमा गएर पढ्नु एउटा ट्रान्जिसन मात्रै हो । म वीरगञ्जमा सात वर्षदेखि एउटा हस्पिटल चलाएर बसिरहेको थिएँ । त्यतिबेलै मैले एउटा निर्णय गरिसकेको थिए कि म बिस्तारै राजनीतितिर लाग्छु । त्यसै क्रममा पढ्नलाई विदेशतिर गएँ र एक वर्षमा मास्टर्स सकेर आएँ। 

राजनीतिमा केले आकर्षित गर्‍यो ?

- काम गर्ने क्रममा मैले विभिन्न मानिसलाई भेटें । विभिन्न ठाउँ घुमेँ । आम मानिसको जनजीवनमा यति धेरै समस्या छन् कि ती समस्यालाई समाधान गर्न कुनै एउटा निश्चित क्षेत्रमा लागेर हुनेवाला छैन । नीतिमै परिवर्तन ल्याउनुपर्योा । राजनीतिक डिस्कोर्समा युवाहरुको विचार आउनुपर्ने र नयाँ खालको नीति निर्माणमा गर्नुपर्ने भएकाले मैले आफूलाई यता ल्याउन खोजेँ र अगाडि बढेँ। 

तपाईंले भनेको त्यो ‘नयाँ’ कुरा चाहिँ के हो?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

- आम मानिसमा रहेका समस्याहरुलाई समाधान गर्नका लागि सकारात्मक र स्वच्छ हिसाबले पहल गर्नेतिर जानु नै नयाँ राजनीति हो, नयाँ सोच हो, परिवर्तन हो।

वीरगञ्जमा ठूला पार्टी र ठूला नेताको रुचि छ । उहाँहरुसँग प्रतिस्पर्धा गर्न कतिको गाह्रो छ? 

- ठूल्ठूला दल र नेतासँग भन्दा पनि मेरो प्रतिस्पर्धा जनताको सोचसँग छ । त्यो सोचलाई बदल्नु नै सबैभन्दा ठूलो प्रतिस्पर्धा हो । यसैलाई मैले सबैभन्दा ठूलो सकारात्मक चुनौतीको रुपमा लिएको छु । यो प्रतिस्पर्धामा लागिरह्यो भने कुनै न कुनै दिन सफलता हात पर्छ।

कुनै न कुनै दिन परिवर्तन आउँछ भन्नुभयो । त्यसो भए यस पटकको चुनाव अर्को पटकको लागि तयारी हो ?

- तयारी मात्रै होइन । लक्ष्य त जित्ने नै हो । तर, परवर्तनको लागि चेतना आउनुपर्योत। 

तर, त्यसको लागि त सबैभन्दा पहिला तपाईंले मतदाताको मन जित्नुपर्‍यो नि!

- हामी ठाउँ-ठाउँमा गएर मतदातासँग कुराकानी गरिरहेका छौं र जनतासँग इमान्दारीका साथ आफ्ना एजेन्डाहरु राखिरहेका छौं । अवस्था यस्तो छ, यसबाट बाहिर आउनका लागि यी-यी कुरा गर्नुपर्नेछ र हामीले त्यो गर्नेछौं भनिरहेका छौं । जनताले पत्याइरहेका पनि छन् । आजसम्म उनीहरुले विभिन्न कुरामा फसेर गलत निर्णय दिएका छन् । अब हाम्रो पहल भनेको सही निर्णय दिनुहोस् । आफ्नो मताधिकारको पूर्ण सदुपयोग गर्नुहोस् र आफ्नो ठाउँको विकास गर्नुहोस् भन्ने हो । हामीले त्यही भनिरहेका छौं, त्यो हाम्रो दायित्व पनि हो। 

वीरगञ्जमा माओवादीको संगठन त्यति राम्रो छैन भनिन्छ । त्यसले तपाईंलाई कतिको गाह्रो परिरहेको छ ?

- संगठन नराम्रो छ भन्दिनँ । पार्टी नै केही नयाँ भएकाले संगठन अलि कम हुन सक्छ । संगठन भन्ने कुरा ‘डायनामिक’ कुरा हो, विस्तार हुँदै छ । यो बिस्तारै विस्तार हुँदै जान्छ । नेतृत्व पनि परिवर्तन हुँदै जान्छ। 

अहिले म महानगरका विभिन्न वडामा गइरहेको छु । संगठनहरु गठन हुँदै छन् । पहिले नै गठन भइसकेका संगठनहरुले ऊर्जा प्राप्त गरेका छन् । नयाँ जोश देखिएको छ । संगठनलाई मजबुत बनाइँदै छ । हरेक संगठन बनाउन गाह्रो हुन्छ । टिकाउन पनि गाह्रो हुन्छ । विस्तार गर्नलाई पनि गाह्रो हुन्छ । तर, गाह्रो हुँदैमा गर्नै नसकिने पनि होइन । त्यसैमा मेरो प्रमुख ध्यान छ । आउने दिनमा संगठन अझ बढी मजबुत हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु। 

तपाईं मेयरको रुपमा चुनिनुभयो भने सुरुकै महिनामा गर्ने कामहरु के-के हुन्छन् ?
- सबैभन्दा पहिले वीरगञ्ज महानगरको सरसफाइलाई जोड दिनेछु । सफा वीरगञ्ज, सफा सहर बनाउनु नै मेरो पहिलो प्राथमिकता हुनेछ । अर्को कुरा, म यहाँ सुशासनको वकालत गर्छु । तेस्रोमा भ्रष्टाचार निवारणको लागि पहल गर्छु। 

वीरगञ्ज एउटा बिजनेस हब पनि हो । यहाँ धेरै उद्योगधन्दा पनि छन् । प्रमुख नाका पनि हो । यो सहरलाई अझ समृद्ध बनाउने केही सोच्नुभएको छ ?

- यहाँ उद्योग सञ्चालनमा केही समस्याह देखेको छु । जस्तै लेवर मिलिट्यान्सीको कुरा छ, युनियनहरुले आफ्नो अस्तित्व जोगाउन उद्योगहरुलाई अवरोध गर्ने काम गर्छन् । त्यसलाई समाधानतिर लैजानु जरुरी छ । त्यस्तै, उद्योग कलकारखानालाई चाहिने अत्यावश्यक पूर्वाधार विकास भएको छैन । त्यसलाई पूरा गर्नुपर्छ । उद्योगमा काम गर्ने लेवरहरुका बालबच्चाका लागि स्वास्थ्य र शिक्षाको लागि पहल गरिदिने हो भने उद्योगधन्दा पनि राम्रो वातावरणमा सञ्चालन हुन सक्छ।

यहाँ त कतिपय उद्योगधन्दा काम गर्न नसकेर उठेर गए भन्छन् । पछिल्लो समय भारतको नाकाबन्दीका कारण यो क्षेत्र अझै थिलथिलो भयो भनिन्छ । यो कुरालाई कसरी सम्बोधन गर्नुहुन्छ ?

- यहाँको सुरक्षामा मैले बढी पहल गर्छु । पहिले वीरगञ्ज आर्थिक र राजनीतिक रुपले रणनीतिक ठाउँ भनेर चिनिन्थ्यो । आजकाल बन्द-हडताल र टायर बाल्ने ठाउँ भनेर चिनिन्छ । यो संवेदनशील मुद्दा हो । यसलाई समाधानतिर लैजानुपर्छ । भोलि मधेसको मागको विषयमा यहाँ कुनै अराजक माहौल नआओस् भनेर महानगरपालिकाले पहल गर्नुपर्छ । यो कुरालाई राजनीतिक डिस्कोर्समा ल्याउनुपर्छ । त्यसलाई केन्द्रसम्म लैजानु महानगरपालिकाको मेयरको दायित्व हो।

प्रदेश नम्बर २ को कुरा गर्दा पनि वीरगञ्ज महानगरपालिकालाई केन्द्रका रुपमा लिइन्छ । कसरी हेर्नुभएको छ ?

- योसँग जोडिएका अरु पनि नगरपालिका छन् । र विकासको दृष्टिले वीरगञ्जलाई केन्द्रविन्दु मानिएको हो । वीरगञ्जको विकास हुँदाखेरी वरिपरिका अन्य नगरपालिकाको पनि विकास हुन्छ । जस्तो, एउटा तातो धातुसँग चिसो धातु जोडाउँदा तातोको ताप चिसोतिर सर्छ भनिन्छ । त्यसैगरी वीरगञ्जको समृद्धिसँगै वरिपरि पनि विकास हुँदै आउँछ। 

काठमाडौंमा दुई ‘नयाँ’ उम्मेदवारको सामाजिक सञ्जालमा निकै चर्चा भयो । तर, जित्न सकेनन् । तपाईंको पनि सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । प्रतिस्पर्धामा तपाईं आफूलाई कुन ठाउँमा देख्नुहुन्छ?

- मसँग त अहिलेसम्म चुनाव लडेको अनुभव छैन । त्यसैले आँकडा दिन सक्दिनँ । तर, अहिले जनता उत्साहित छन् । जनतामा अहिले नयाँ युवा शक्ति र परिवर्तनकारी शक्तिले केही गर्नुपर्छ भन्ने छ । पुराना शक्तिले सकेनन् भन्ने छ । वीरगञ्जलाई नयाँ सोचको अभाव छ । मेरो उम्मेदवारीले  मतदाता खुसी पनि छन् । त्यसैले गर्दा म प्रमुख प्रतिस्पर्धी हुन्छु जस्तो लाग्छ।

मतदाताहरु तपाईंको उमेरको उम्मेदवारलाई एकपटक परीक्षण गरौं न भन्ने मनस्थितिमा पनि छन्?

- छन् । नयाँ युवालाई मत दिनुपर्छ भन्नेहरु धेरै छन्। 

सबैभन्दा ठूलो भोटरको संख्या कुन उमेर समूहको वा कुन समुदायको छ ?

- अहिले सबैभन्दा ठूलो मतदाता २५ देखि ४५ वा ४८ सम्मको छ जस्तो लाग्छ । त्यो ग्रुपले हामीलाई पत्याएको छ जस्तो लाग्छ।

हेर्नुहोस् रहबर अन्सारीसँगको भिडियो वार्ता:

प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते
सम्बन्धित सामग्री
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि पक्राउ गरिएको बताइएकाे छ । शनिबार, कात्तिक २८, २०८३
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने लामिछानेले विभिन्न काल खण्डमा भएका आन्दोलनहरुमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुको रास्वपाले सम्मान गर्ने र उनीहरुले खोजेको हक अ... शनिबार, कात्तिक २८, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा उनले राजीनामा घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए । शनिबार, कात्तिक २८, २०८३
ताजा समाचारसबै
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह र ड्रोन केन्द्रलाई लक्षित गर्दै आक्रमण शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्