• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आचारसंहिता उल्लंघन गरेर खर्च गरेको छैन : अजय द्विवेदी

64x64
नेपाल लाइभ बिहीबार, भदौ २९, २०७४  २०:२९
1140x725

वीरगञ्ज महानगरमा नेपाली कांग्रेसका तर्फबाट मेयरको उम्मेदवार हुन् अजय द्विवेदी । पहिलो संविधानसभा सदस्य उनी दोस्रो संविधानसभा निर्वाचनमा पर्सा–२ बाट पराजित भएका थिए । कांग्रेस वृत्तमा उनको नाम प्रदेशसभामा सांसद उम्मेदवार बनाउने र जित हासिल गरेमा मुख्यमन्त्रीका सम्भावित उम्मेदवारको रुपमा चर्चा थियो । तर, उनी महानगरपालिकाको मेयरमा उठे । 

प्रदेशको सम्भावित मुख्यमन्त्रीका रुपमा चर्चा गरिएका द्विवेदी मेयरमा किन खुम्चिए ? वीरगञ्जको विकासका लागि उनीसँग के–के एजेण्डा छन् ? नेपाल लाइभका लागि रुपेश श्रेष्ठले उनीसँग कुराकानी गरेका छन्। 

चुनावको तयारी कस्तो चल्दै छ?
- चुनावको गतिविधिमा व्यस्त छु । दौडादौड छ। जनताको बीचमा राजनीतिककर्मीको रुपमा जाँदा मैले जनतालाई पाठशाला ठानेको छु । धेरै कुरा जनताबाट सिक्ने अवसर पाइरहेको छु।

तपाईंको उम्मेदवारी प्रदेशसभामा हुने र मुख्यमन्त्रीमा पनि उठाउने चर्चा थियो, महानगरमै अघि सर्नुको कारण के हो?

- पार्टीले मेरो आवश्यकता यहाँ देख्यो । स्थानीय तहबाटै कार्यकर्ताहरुको दबावपछि केन्द्रीय नेताहरुले महागनरमा मलाई नै उठाउने निर्णय गर्नुभयो । पार्टीको कार्यकर्ता भएको हिसाबले मैले मलाई महानगरमा उम्मेदवार बनाउने केन्द्रको निर्णय काट्न सकिनँ । म संसदमा पनि थिएँ, संसद जनताका समस्या उठाउने नियम-कानुन बनाउने कुरामा बढी केन्द्रित हुन्छ । प्रदेशसभामा के हुन्छ, त्यो अनिश्चित छ । तर, एउटा निश्चित कुरो के छ भने म उपमेयर पनि भएको हुँ, सांसद पनि भएको हुँ । दुवै अनुभव भएकाले महानगरका लागि अझ उपयुक्त उम्मेदवार हुँ भन्ठानेर मेयरमा उठ्न तयार भएँ । वीरगञ्जको विकासका लागि मेरो अनुभव र ऊर्जा दुवैको प्रयोग गर्छु।

पहिलेको भन्दा वीरगञ्जको परिस्थिति अहिले फरक छ । दोस्रो संविधानसभाको निर्वाचनमा पराजित तपाईं महानगरमा के कारणले जित्छु जस्तो लाग्छ ?

- हामी ‘मिसन पोलिटिक्स'मा विश्वास गर्छौं । नतिजा के आउँछ, त्यसको प्रवाह हुँदैन । मेरो हारको कारण रुपैयाँ हो । मैले १० लाख बढी खर्च गर्ने आँट गरेको भए त्यतिबेलै चुनाव जित्थेँ । चुनावको बेला पैसा दिनुपर्ने थुप्रै ठाउँ थिएँ, तर म त्यहाँ गइनँ । पैसा बाँडेर चुनाव जित्ने पक्षमा म छैन । हामी बेथितिको राजनीति होइन, परिवर्तनको लागि राजनीति गर्छौं । अहिले हामी जस्तो मान्छे राजनीतिमा टिक्ने कि नटिक्ने गम्भीर प्रश्न छ । तर, परिवर्तनको राजनीतिमा म दृढ छु । मिसनको राजनीतिमा लागेको व्यक्तिलाई नतिजाको चिन्ता हुँदैन । मलाई आत्मविश्वास छ, मेरो पार्टी संगठन आम जनताको भरोसा र निष्ठाको राजनीति हार्दैन, जित्छ। 

स्थानीय तहमा जनताका धेरै अपेक्षा हुन्छन् । तपाईंसँग के मुद्दा छ, जसले तपाईंलाई जिताउँछ ?
- जनतामा अजय द्विवेदीले काम गर्छ भन्ने भरोसा छ । म पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका बेला कांग्रेसको सरकार थिएन । मैले त्यसबेला जति स्वास्थ्यचौकी बनाएँ, वीरगञ्जमा अहिले त्यो भन्दा बढी संख्यामा स्वास्थ्य चौकी छैन । मैले जति पुल बनाएँ, त्यसमा एक दुई थप भए होलान् । त्यो भन्दा बनेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

मैले सांसद विकास कोषको १० लाख रुपैयाँबाट जति बाटो निर्माण गरेँ, त्यसपछि त्योभन्दा बढी केही काम हुन सकेन । यसले गर्दा जनताले म काम गर्न सक्ने मान्छे हो भन्ने भरोसा गरेका छन् । वीरगञ्जको इतिहासमा पहिलो चोटि किसान र कृषि बजेट यसपाली आउँछ । साविक वीरगञ्जको क्षेत्रभन्दा तेब्बर क्षेत्र अहिले थपिएको छ । त्यसको विकास मेरो पहिलो प्राथमिकता हो । मैले भनेको छु- थपिएका क्षेत्रहरुमा सहरी पूर्वाधार विकास गर्ने, कृषि क्षेत्रको विकास गर्ने । साविकको सहरी इलाका पनि भद्रगोल छ । एउटा मुख्य सडक बाहेक कुनै बाटो पनि ठीक छैन । बाटो बनाउनुपर्नेछ । अब ६ लेनको बाटो बन्दै छ, भन्सार सर्दै छ, सुख्खा बन्दरगाह बन्दै छ । वीरगञ्ज अब पश्चिमतर्फ बढी व्यस्त हुन्छ । पश्चिमतर्फबाट कति वटा बाटोले सबै क्षेत्रलाई जोड्ने यी विषयमा मैले उठाएका एजेन्डाका कारण जनताले मलाई भरोसा गरेका छन्।

ती एजेण्डा कार्यान्वयन चाहिँ कसरी हुन्छ?

- म आफैं पश्चिमी क्षेत्रको बासिन्दा भएको हुनाले गल्ली–गल्ली थाहा छ । समस्याबारे म जानकार छु । समाधान पनि मलाई थाहा छ । ठाकुरराम क्याम्पसको पछाडिको बाटो सुख्खा बन्दरगाहसँग जोड्ने बित्तिकै वीरगञ्ज छिर्ने सबैभन्दा छोटो बाटो त्यो हुनेछ । यस्तै, सुख्खा बन्दरगाहको गेटबाटै सीधा मालपोत निस्कने बाटो छ । त्यो बाटो चौडा गर्ने बित्तिकै जाम कम हुन्छ । यस्तै, रानीघाटको बाटो बबनाघाटसँग जोड्नका लागि पुल तयार हुने अवस्थामा छ । यसका लागि म लागिपरेको छु।

वीरगञ्ज राष्ट्रकै महत्वपूर्ण आर्थिक क्षेत्र पनि हो । यहाँ रहेका उद्योगको विकास गर्न तपाईंको के योजना छ ?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

- महानगरपालिले चाहेर मात्रै उद्योगको विकास हुने होइन । महागरपालिकाले औद्योगिक विकासका लागि रचनात्मक सहयोग गर्ने हो । उद्योग व्यापार फस्टाउने पहिलो आधार भनेको सुरक्षा हो । सुरक्षा भएन भने यहाँ कोही बस्न सक्दैन । असुरक्षाका कारण यहाँका उद्योगी-व्यवसायी पलायन भएका छन् । हडताल आन्दोलनको अवस्था सिर्जना हुन नदिन, श्रमिक संगठन राजनीतिक संगठनसँग उद्योगको सुमधुर सम्बन्ध कायम गर्न महानगरपालिकाको राजनीतिक संयन्त्रले समन्वयात्मक भूमिका निर्वाह गर्छ । मलाई सबैले विश्वास गर्ने भएकाले सबै राजनीतिक दलहरुका संगठनबाट समेत मैले सहयोग पाउने अपेक्षा गर्छु।

उपमेयमरमा तपाईंले वृद्ध उम्मेदवारलाई अघि सार्नुभयो । युवालाई स्थान दिन नचाहेको हो?

- पर्साको राजनीतिको कुरा गर्ने हो भने नयाँ पुस्ताको राजनीतिमा वर्चश्व छ । त्यसमा अजय द्विवेदीको पनि भूमिका छ । मेरो मात्रै भूमिकाले होइन, उहाँहरुको योग्यताका कारण पनि युवाको राजनीतिमा वर्चश्व कायम भएको हो । यसपाली नैतिक प्रश्न पनि आयो हाम्रो अगाडि । पर्साको राजनीतिमा शान्ति कार्की जस्तो हैसियत भएको व्यक्ति अरु छैन । पर्साको राजनीतिका लागि उहाँले जस्तो लगानी अरु कसैले गरेको छैन । उहाँले उपमेयरमा जित्नुभयो भने त्यो पदको गरिमा बढ्छ। 

पदको गरिमा बढाउनेभन्दा महत्वपूर्ण काम गर्ने कुरा होला नि त !

- शान्ति कार्कीले काम पनि गर्नुहुन्छ । उहाँमा यति ऊर्जा र स्फूर्ति छ । उहाँ ८० वर्षको युवा हुनुहुन्छ।

महानगरपालिकाको मेयर हुनु चानचुने कुरा होइन चानचुने हिसाबले पनि पुग्दैन यो पटक तपाईंको खर्च कति छ?

- चुनावी प्रतिस्पर्धामा भएपछि अलिअलि खर्च त हुन्छ । तर, आचारसंहिताको उल्लंघन गरेर मैले खर्च गरेको छैन । अहिलेसम्म मेरो दुई लाख जति खर्च भयो होला।

दुई लाख मात्रै?

- कोही पत्याउँदैन, तर त्यति पनि भएको छैन । मेरो हिसाब-किताब पारदर्शी रुपमा सार्वजनिक गर्छु।

महानगरको मेयर भएमा तपाईंको प्राथमिकताका काम के हुनेछन्? 

- म कागजी महानगरलाई महानगर बनाउँछु । पुरानो क्षेत्रको सुधार र नयाँ निर्माण गर्छु । महानगरको पुरानो संयन्त्रबाट त्यो सम्भव छैन । अहिलेको कर प्रणालीले पनि जनताको आशा अनुसारको काम गर्न सक्दैन । महानगरको काम गर्ने प्रणालीलाई आमूल परिवर्तन गर्छौं। 

विज्ञ सम्मिलित स्थानीय योजना आयोग महानगरले बनाउँछ । राजनीतिज्ञ सबै विषयको ज्ञाता होइन, अलग-अलग विषयका ज्ञातालाई अलग-अलग जिम्मेवारी दिन्छौं । उहाँहरुले महानगरको योजनामा काम गर्नुहुन्छ र मेरो कामको निगरानी पनि गर्नुहुन्छ । दक्ष व्यावसायिक मान्छेहरुको साथ, सहयोग र समर्थन लिएर म मेरो मिसन पूरा गर्छु । वीरगञ्जलाई सूचना-प्रविधिको केन्द्रका रुपमा विकास गर्छु । यो  एजेण्डा अघि सार्दा मान्छेले मलाई पत्याएका छैनन्, तर म गरेर देखाउँछु।

हेर्नुहोस् अजय द्विवेदीसँगको भिडियो वार्ता:

प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते
सम्बन्धित सामग्री
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि पक्राउ गरिएको बताइएकाे छ । शनिबार, कात्तिक २८, २०८३
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने लामिछानेले विभिन्न काल खण्डमा भएका आन्दोलनहरुमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुको रास्वपाले सम्मान गर्ने र उनीहरुले खोजेको हक अ... शनिबार, कात्तिक २८, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा उनले राजीनामा घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए । शनिबार, कात्तिक २८, २०८३
ताजा समाचारसबै
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह र ड्रोन केन्द्रलाई लक्षित गर्दै आक्रमण शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्