• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ठूल्ठूला राजनीतिज्ञ व्यापारी भएका छन् : विजय सरावगी

64x64
नेपाल लाइभ बिहीबार, भदौ २९, २०७४  २०:२४
1140x725

संघीय समाजवादी फोरममा विजय सरावगी प्रवेश गरेको करिब ६ महिना मात्र भयो । तर, प्रवेशसँगै स्थानीय निकायमा उनको उम्मेदवारीको चर्चा सुरु भएको थियो।
वीरगञ्ज महानगरपालिकाको मेयरमा पार्टीका जिल्ला अध्यक्ष प्रदीप यादव उम्मेदवार हुने चर्चा सरावगीको पार्टी प्रवेशसँगै सेलाएर गयो।

वीरगञ्जमा सरावगीले केन्द्र र जिल्ला नेतालाई हाल चल्तीमा रहेको स्क्रिोपियो गाडी भेटमा दिएको चर्चा छ । त्यति मात्र होइन, उनका विपक्षीले सरावगीले राजनीतिलाई आफ्नो नयाँ व्यवसाय बनाएको भन्ने आरोप समेत खुलेरै लगाइरहेका छन् । सरावगीले वित्तीय क्षेत्र र व्यवसायमा प्रभुत्व जमाएका धनाढ्य उम्मेदवारको पगरी समेत पहिरेका छन्।

सामाजिक सञ्जालमा र विपक्षीले भने जस्तै कतै सरावगीको नयाँ व्यवसाय बनेको त छैन राजनीति ? उनले गाडी दिएरै टिकट किनेका हुन् त ? आफूलाई लागेका आरोपबारे सरावगी के भन्छन् र कस्ता छन् उनका योजना?

नेपाल लाइभका लागि वीरगञ्जमा रुपेश श्रेष्ठले गरेको कुराकानी:

तपाईं त व्यापार व्यवसाय गरिरहेको मान्छे । राजनीतिमा कसरी रुचि भयो?

- हेर्नुस्, राजनीतिमा मान्छे बाध्य भएर आउँछ । २०४६ सालको आन्दोलनपछि जब प्रजातान्त्रिक शक्तिहरु सत्तामा आए, हामीलाई के लाग्यो भने वीरगञ्जलाई सबैले बुझेको छ । यो एउटा पोटेन्सियल ठाउँ हो । देशको ठूलो राजस्वको स्रोत नै वीरगञ्ज हो । यो एउटा ट्रान्जिट सहर हो, वाणिज्य र उद्योगको क्षेत्र हो । आर्थिक नगरी नै भनिन्थ्यो। राजनीति बुझ्ने साथीहरुले यसलाई गन्तव्य बनाउँछन् होलान्। 

भारतमा मुम्बइलाई आर्थिक राजधानी भनिएजस्तै यसलाई पनि स्पेस दिएर काम गर्छन् होला भन्ने लागेको थियो । तर उल्टो, राजनीति गर्ने हाम्रा साथीहरुले २०६२/६३ को आन्दोलनपछि वीरगञ्जलाई तगारो बनाउनुभयो । आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न ब्लक गर्नुभयो । उनीहरु भन्थे, तपाईंहरु यो ब्लकेडलाई साथ दिनुहोस्, हामीहरु तपाईंको हरेक नोक्सानीलाई क्लियर गर्छौं । तर, आजसम्म एक पैसा पनि दिएनन् । यो वीरगञ्ज त्यसपछि कुरुप हुँदै गयो । यहाँका मानिसहरु पलायन हुँदै गए । अपराधीहरु बढ्दै गए । यस्तो अवस्था आयो कि, सवा–सय वर्षदेखि परिवार भएका हामीहरु नै सोच्न बाध्य भयौं कि हाम्रो भविष्य यहाँ छ कि छैन?

पढाइपछि वीरगञ्जमै भेट्न चाहन्छौ भन्ने हाम्रो बच्चाहरुले प्रश्न गर्न थाले कि, वीरगञ्जमा के छ त जीवन ? जीवनको गुणस्तरियता के हो भनेर उनीहरुले प्रश्न गर्न थालेका छन् । यहाँका धेरै बच्चा बाहिर गएका छन् । अस्ट्रेलिया, अमेरिका, बेलायत गएर बसेका छन् । तर सबै विदेशमै बस्दैनन् । उनीहरुले यहीँ गुणस्तरीय जीवन खोजेका छन्। 
आज वीरगञ्जमा आठ बजे नै कर्फ्यु जस्तो हुन्छ । नाइट लाइफ भन्ने केही छैन । हामी नै खाना खान रेस्टुरेन्टमा बसिरहेका छौं भने पनि प्रशासन आउँछ र उठाइदिन्छ । यहाँका मान्छेले कुनबेला सोसल लाइफ इन्ज्वय गर्ने, के क्रियाकलापमा लाग्ने भन्ने एकदमै समस्या छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, व्यापारीहरु व्यापारभन्दा राजनीति नै बढी फाइदामूलक क्षेत्र हो भनेर आकर्षित हुन्छन्, भनिन्छ। त्यस्तो हो ?

- म त्यो मान्दिनँ । किनभने आज हाम्रो देशमा जो ठूल्ठूला राजनीतिज्ञ छन्, ती व्यापारी भएका छन् । तिनीहरुको पैसा हामी जस्तै कुनै न कुनै व्यापारीले चलाइरहेको छ । एउटा राजनीतिज्ञ व्यापारी भएको छ भने एउटा व्यापारी किन राजनीतिज्ञ हुन नसक्ने ? किनकि, उनीहरुले त विकास गर्न सकेका छैनन् । यहाँ एउटा अभाव देखिएको छ । त्यसलाई पूरा गर्न हामीले उनीहरुलाई चुनेर पठायौं । उनीहरुले २८ वर्षमा त्यही गर्न नसकेर हामी जस्तो मानिसले व्यापार छोडेर राजनीतिमा प्रवेश गर्नुपर्‍यो । म वीरगञ्ज बनाउन मात्रै राजनीतिमा आएको हुँ । अबको पाँच वर्ष मेरो व्यापार, समाज र परिवार छोडेर भए पनि वीरगञ्जलाई दिन्छु । आउने सन्तानले यो नभनोस् कि हाम्रा पुर्खाहरुले वीरगञ्ज बनाउन केही गरेनन् । किनकि, राजनीतिज्ञले केही गर्न सकेनन् । असफल भए। 

आज हामी जस्तो मान्छे अगाडि आएका छन् । विश्वमा जुन-जुन देशहरु अल्पविकसित रहे, त्यहाँ व्यवसायी साथीहरुले नै अगाडि बढाएका छन् । आज मलाई खान पुगेको छ । मसँग त्यति धन छ । भोलिका  दिनमा त्यहाँ गएर कमसे कम म भ्रष्टाचार त गर्दिनँ नि! 

अरु धेरै पार्टीहरु थिए। त्यहाँबाट पनि तपाईंलाई अफरहरु आए होलान् । संघीय समाजवादी फोरम नै किन रोज्नुभयो?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

- हामीले सुरुदेखि नै कांग्रेसलाई जिताएका हौं । तर, उहाँहरुले हामीलाई कहिल्यै पनि गम्भीर अवसर दिनुभएन । बरु पैसा दिने मेसिन ठान्नुभयो । त्यतिका लागि प्रयोग गर्नुभयो । तर, हामीलाई समस्या आएको बेला भागेर जानुभयो । जस्तो ६ महिना मधेस बन्द भयो । तर, सत्ता र पार्टीका एउटा पनि नेता वीरगञ्जमा बसेनन्। 

ती मान्छेहरु जब काठमाडौं गएर बसे, मधेसमा एकदम बिचल्ली भयो । ६/६ महिना चलेको आन्दोलनलाई सेटल गराउनु राज्यको दायित्व होइन ? दुई-तीन पटक सम्झौता भयो, त्यसलाई राज्यले किन सम्बोधन गर्न सकेन ? यदि मधेसको माग गलत थियो भने उहाँहरुले भन्न सक्नुपर्थ्यो, यो-यो माग जायज छैन र यो माग हामी मान्न सक्दैनौं, स्वीकार्य छैन । तर, पछि आएर मुद्दा पनि मानियो । संशोधन प्रस्ताव दर्ता पनि गरियो। 

अब पटक-पटक बुलेट र ब्यालेटको खेल नखेल्ने र बुलेटको जवाफ ब्यालेटबाटै दिने भनेर हाम्रो पार्टीले संघर्षको पुरानो बाटो त्याग्यो । ६०१ को जुन खेल चलिरहेको छ, त्यसमा स्थापित भएर हाम्रो माग पूरा गराउँछौं भनेर हाम्रो पार्टी त्यतातिर लाग्यो। 

जनतासँग के एजेन्डा लगिराख्नुभएको छ ? के भनिराख्नुभएको छ ?

- मैले धेरै ठूल्ठूलो एजेन्डा लग्न चाहिनँ । मलाई वीरगञ्जलाई पुरानै वीरगञ्ज बनाउनु छ । ४६ भन्दा अगाडिको वीरगञ्ज बडो समृद्ध र राम्रो वीरगञ्ज थियो । त्यसपछि यो ठाउँमा लुटतन्त्र भयो । एउटा राजालाई हामीले हटाएर हजारौंलाई राजा बनाइदियौं । यहाँका नहरहरु कार्यकर्तालाई बाँडिदिए । धाराको पाइपसम्म कार्यकर्तालाई बाँडिदिए । यसरी वीरगञ्जको समग्र विकास नै हुन सकेन । यो बाध्यताले मलाई खिचेर ल्याएको छ। 

यो पाँच वर्षमा वीरगञ्जमा गर्नैपर्ने कामहरु के-के देख्नुभएको छ?

- म वीरगञ्जलाई एउटा गन्तव्य वीरगञ्ज बनाउन चाहन्छु । यहाँ हरेक मान्छे वीरगञ्जमा लगानी गर्न चाहोस्, वीरगञ्जमा उद्योग खोल्न चाहोस् । यसैलाई शिक्षा, स्वास्थ्य र मनोरञ्जनको हब बनाउन चाहोस् । हरेक मान्छेले रोजगार पाउने ठाउँ बनोस् । रोजगारीको लागि कुनै पनि युवा यहाँबाट पलायन नहोस्। 

त्यसरी रोजगारीको अवसर सिर्जना गराउने योजना चाहिँ के छ त ?

- मैले कुरा गरेको गन्तव्य वीरगञ्जले यहाँ २० हजार रोजगारी सिर्जना गराउँछ । यहाँ हुने आर्थिक क्रियाकलाप र हबहरुले त्यो अवसर सिर्जना गराउँछ । यहाँका महिलाहरुका लागि मैले सासू–बुहारी योजना ल्याएको छु । यहाँ बिहान र बेलुका खाना पकाउने बीचको समयमा गृहिणीहरु दिउँसो खाली हुन्छन् । दिनभर झगडा गरेर बस्ने समयलाई लघुउद्यममा जोड्न सकिन्छ । युवा साथीहरुलाई प्राविधिक शिक्षा उपलब्ध गराएर वीरगञ्ज, नेपालकै अन्य ठाउँ वा विदेशमा पनि कमाउने अवसर सिर्जना गर्न सकिन्छ । उनीहरु सेलिब्रेटी बन्न सक्छन्।

वीरगञ्जलाई अझै समृद्ध बनाउन लागि के गर्नुहुन्छ?

- मैले सेवाग्राहीको रुपमा भोगेका समस्याहरुलाई कसरी समाधान गर्न सकिएला भनेर मैले जहिले पनि सोचिरहेको हुन्छु । मैले जनताको ढोका-ढोकामा पुग्दा जनताले जे-जे समस्या मलाई बताए त्यसलाई मैले संकलन गरेको छु । मलाई एउटा खाका पनि आएको छ, वीरगञ्जलाई कसरी विकास गर्न सकिन्छ भनेर । म त्यही खाका अनुसार डिजाइन गर्छु। 

उनीहरुले खानेपानी र रोजगारको कुरा बढी गरिरहेका छन् । उनीहरुको मैले मानसिकता बिल्ड अप गरिहेको छु । समस्या यतिमात्रै होइन भनिरहेको छु । बच्चालाई शिक्षा दिनुपर्‍यो  । स्वास्थ्य स्थिति राम्रो हुनुपर्छ। बाटोघाटो राम्रो हुनुपर्‍यो । बालबच्चाको भविष्य राम्रो हुनुपर्यो  । मैले उनीहरुलाई यस्ता कुरा भन्दाखेरी उनीहरु भन्छन्– हामीले यस्तो त कहिल्यै सोचेकै छैन। यही खाका मैले उनीहरुलाई दिइरहेको छु । उनीहरुले स्वीकार गरिरहेका छन् । मलाई लाग्छ, उनीहरुले मेरो कुरामा विश्वास गरेका छन् र मेरो विगतका क्रियाकलाप हेरेर उनीहरुले मलाई पक्कै जिताउँछन्।

राजनीतिक पार्टीहरुले उद्योगी-व्यापारीहरुलाई किन टिकट दिइरहेको होला जस्तो लाग्छ?

- यो कुरा मिडियामा बारम्बार आइरहेको छ । राष्ट्रिय पार्टीहरुले व्यापारीलाई पैसा जोहो गर्न सभासद पद दिएका छन् । बिना पैसा कुनै पनि राजनीतिक पार्टीहरुले व्यावसायिक साथीहरुलाई सभासद बनाएकै छैनन् भन्ने मलाई लाग्छ । अर्को कुरा, सबैलाई थाहा छ कि राजनीतिक पार्टीहरुलाई हामी जस्तै व्यवसायीले चन्दा दिएपछि मात्रै उनीहरुले चुनाव लड्न सक्छन् । त्यसमा हामीलाई बढी प्रयोग गर्न चाहन्छन् । अहिले पनि कुरा आइरहेको छ, उनीहरुले एउटा वडाको टिकट पनि पैसा लिएर बेचिरहेका छन्। 

यसलाई यसरी बुझौं, तपाईंले पनि पार्टीमा केही लगानी  गर्नुभयो र टिकट पाउनुभयो।

- हाम्रो पार्टी अहिले त्यसरी बढी पैसा खर्च गर्ने परिपाटीमा गएको छैन । स्पष्ट निर्देशन छ, साढे सात लाखको सिलिङ तोकेको छ । म जुन दिनदेखि उम्मेदवार भएँ, त्यसै दिनदेखि साढे सात लाख खर्च मेन्टेन गर्ने प्रयास गरिरहेको छु । तर, जसरी चुनाव सारियो, त्यसले हामीलाई दुःख दिएको छ । हाम्रो खर्च विगतमा पनि भइसकेको छ । तर, निर्वाचन आयोगको खर्चबारेको प्रावधान गलत छ । किनकि, नेता छान्ने अधिकार जनतालाई छ र जनताले आफ्नो नेतालाई चन्दा दिन सक्छ । उसले पाएको चन्दा पारदर्शी ढंगले पाउनुपर्छ । त्यसलाई खर्च गरेर हिसाब पेश गर्नेगरी खर्च गर्न दिनुपर्छ। यसरी खर्चमा सीमित गर्दा उम्मेदवारले आफ्ना कुरा नै पुर्या उन सक्दैन । साढे सात लाख रुपैयाँमा महानगरका ३२ वटा वडामा कसरी कुरा पुर्या उन सकिन्छ ? यो त भ्रष्टाचार सिकाउने काम हो । यसलाई परिमार्जन गर्न म आग्रह गर्छु।

अहिले चुनावमा अत्यधिक खर्च भइरहेको छ । म व्यावसायिक क्षेत्रको मान्छे भएकाले उहाँहरुले के बुझ्नुभएको छ भने मैले पैसा लिएर टिकट पायो होला । स्कोर्पियो गाडी बाँडेर टिकट लिएको आरोप लगाइदिए । आरोप लगाउन सजिलो छ । कसैले सिद्ध गर्छ भने म मेरो राजनीतिक जीवन आजैदेखि त्याग गर्छु।

हेर्नुहोस् विजयी सरावगीसँगको भिडियो वार्ता:

प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  २०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते
सम्बन्धित सामग्री
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि पक्राउ गरिएको बताइएकाे छ । शनिबार, कात्तिक २८, २०८३
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने लामिछानेले विभिन्न काल खण्डमा भएका आन्दोलनहरुमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुको रास्वपाले सम्मान गर्ने र उनीहरुले खोजेको हक अ... शनिबार, कात्तिक २८, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा उनले राजीनामा घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए । शनिबार, कात्तिक २८, २०८३
ताजा समाचारसबै
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह र ड्रोन केन्द्रलाई लक्षित गर्दै आक्रमण शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्