काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) प्रदेशका प्रमुख सचिव र सचिव प्रदेश निजामतिबाट बनाउन नसकिने सरकारद्वारा स्पष्ट, केन्द्रबाटै पठाउने व्यवस्थाले संघीयताको सही कार्यान्वयन नहुने सुशासन समितिको धारणा
२) यातायात व्यवस्था विभागद्वारा लामो दुरीका सार्वजनिक बसका लागि नयाँ नियम लागू, ४ घन्टा गुडेका बस आधा घन्टा अनिवार्य रोक्नुपर्ने
३) नेपाल विद्युुत प्राधिकरणको मुनाफा ७ अर्ब नाघ्यो, विद्युत चुहावट नियन्त्रण १५ दशमलव ३२ प्रतिशतमा झर्यो
४) भारतीय क्रिकेट टिमका नयाँ प्रशिक्षकका लागि अन्तर्वार्ता सुरु, छानिएका ६ जनाले प्रस्तुति दिँदै÷अन्तिम नतिजा शुक्रबारसम्म आउने
५) र, भारतमा ७० वर्षदेखि चल्दै आएको बाबरी मस्जिद–राम मन्दिर विवाद सुनुवाइ सर्वोच्चमा सुरु, प्रधानन्यायाधीश सहित ५ न्यायाधीशले अन्तिम फैसला सुनाउने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।