काठमाडौं –इन्डियन प्रिमियर लिग (आइपिएल) टोली दिल्ली डेयर डेभिल्सका पूर्व प्रमुख कार्यसञ्चालन अधिकृत (सिओओ) अमृत माथुर काठमाडौं आएका छन्।
एभरेस्ट प्रिमियर लिग (इपिएल)का कार्यकारी निर्देशक आमिर अख्तरका अनुसार माथुर दुई दिन काठमाडौं बस्नेछन् । काठमाडौं बसाइको क्रममा माथुरले इपिएलका टिम व्यस्थापक र मार्की खेलाडीसँग अन्तरक्रिया गर्नेछन् । माथुरले इपिएल टिम तथा मार्की खेलाडीका लागि एकदिने वर्कसप पनि संचालन गर्नेछन् । माथुर बसिसिआइका पूर्व मिडिया म्यानेजर पनि हुन् ।
बिहीबार काठमाडौं आइपुगेका माथुरलाई नेपाल क्रिकेट समर्थक समाज (एनसिएसएस) का सदस्य तथा स्वयमसेवकले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। एनसिएसएस नेपाली क्रिकेट समर्थकको संगठित संस्था हो।
आगामी डिसेम्बरमा हुने नयाँ इपिएलमा काठमाडौं किंग्स इलावेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स छन्। काठमाडौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा सरद भेष्वाकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरी ‘मार्की’ खेलाडीका रुपमा आबद्ध भएका छन्।
इपिएलले टिम मालिकमा रोहित गुप्ता (काठमाडौं), किशोर महर्जन (ललितपुर), विशाल अग्रवाल (विराटनगर), आदित्य संघाई (भैरहवा), साहिल अग्रवाल (पोखरा) र किशोर भट्टराई (चितवन) रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।