सौल– नेपाल आइडलका टप टेन प्रतिस्पर्धी सागर आले र सुरज थापाले दक्षिण कोरियामा रहेका नेपालीहरुलाई नचाउने भएका छन् ।
कोरियामा लुम्बिनी घर निर्माण गर्ने उद्देश्यले अर्घाखाँची सम्पर्क मञ्चले राजधानी सौलमा आयोजना गर्ने सांगीतिक कार्यक्रममा उनीहरुले गाउने भएका हुन् । कोरियाको महान् चाड छुसकको अवसर पारेर आगामी अक्टोबर ५ तारिखमा सुपादेउराली सांगीतिक सौगात गरिने मञ्चले जनाएको छ।
कार्यक्रममा नेपाल आइडलमा टप ४ सम्म पुगेका सागर र टप ६ मा पुगेका सुरजका साथै लोक गायक रामजी खाँण, लोक गायिका सम्झना लामिछाने मगर, हास्य कलाकार दिनेश काफ्ले, डान्सर रश्मि तामाङ र स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रमबाट संकलित रकम लुम्बिनी घर निर्माण अभियानमा लगाइने मञ्चका उपाध्यक्ष मीनराज पोखरेलले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।