

नयाँ दिल्ली– भारतीय टिभी र रियालिटी सोमा जमिसकेकी नायिका सारा खान केही दिनअघि मात्र पाकिस्तानी टेलिभिजन सोमा अभिनय गरेर फर्किएकी थिइन्। पाकिस्तानी सो ‘लेकिन’ को सुटिङ सकेर भारत फर्किएकी साराले उताको केही अनुभव सेयर गरेकी छिन्।
उनले पाकिस्तानमा आफू बसेको होटलमा छोटो लुगा लगाएर बाहिर निस्कँदा पुनः कोठामा फर्किनु परेको बताइन्। उनी पछिल्लो समय लगातार भारत र पाकिस्तानको भ्रमण गरिरहेकी छिन्। उनको दावी छ, ‘पाकिस्तानमा उनलाई माया गर्ने धेरै छन्। उताका कलाकार राम्रा छन् र मेरो पुरा ध्यान राख्थे।’
उनले मिड–डे पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘सुटिङपछि म होटलको लविमा क्याजुअल ड्रेस पहिरेर बसिरहेको थिए। मैले छोटो लुगा लगाएको थिए। मेरो पहिरन देखेर धेरैलाई असहज महसुस भएछ। त्यतिबेलै कसैले मलाई आएर भने, पाकिस्तानमा मानिसहरु छोटो लुगा लगाउन बच्ने गर्दछन्। यसपछि म हतार हतार लुगा फेर्न कोठातर्फ लागेको थिए।’
सारा खान भारतीय टेलिभिजनमा स्थापित नाम हो। उनले सलमान खानले सञ्चालन गर्ने ‘बिग बस’ मा निकै प्रसंसा कमाएकी थिइन्। उनी ससुराल सिमर का र शास्त्री सिस्टर्स जस्ता टिभी सिरियलमा देखिसकेकी छिन्। उनी आगामी सिरियल ‘बकुला बुआ का भूत’ मा देखा पर्दैछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।