न्युयोर्क– अमेरिकाको शिकागोमा वैज्ञानिकहरु कृत्रिम बुद्धिमता (एआई) को विषयलाई लिएर जम्मा भएका छन्। उनीहरुले सन् २०२९ सम्म रोबर्ट मानवभन्दा बढि बुद्धिमान बन्ने विश्वास व्यक्त गरेका छन्। यसअघि वैज्ञानिकहरुले २०४० सम्म रोबर्ट मानिसहरुभन्दा स्मार्ट बन्ने अनुमान लगाएका थिए।
एचपी इंकका शीर्ष वैज्ञानिकहरुको भेलामा एचपी ल्याबका प्रमुख शेन वालले भने, ‘पछिल्लो समय मेशीन लर्निङमा तीब्र विकाश भइरहेको छ। त्यसैले हामी यो उपलब्धि अगाडि नै चुम्न सक्छौं।’
वैज्ञानिकको अनुमानअनुसार २०२९ सम्म रोबर्ट मानवभन्दा बढि बुद्धिमान भइसक्ने छन्। वालले एचपी रिइन्वेन्ट पार्टनर फोरममा यस विषयमा उठ्न सक्ने मुद्धाको विषयमा सबैलाई अवगत गराए। यस्तो भयो भने सबै सकिन्छ भनेर कोही डराइरहेका छन्। तर, उपयुक्त सावधानीका साथ गरिएको परिवर्तनले सबैलाई फाइदा पुग्छ। चाहे त्यो विनिर्माणको कुरा होस वा स्वास्थ्य क्षेत्र। स्मार्ट रोबर्ट विकसित हुँदा सबैलाई फाइदा पुग्छ।’
उनले एआईले अत्याधिक मात्रामा डाटाको व्यवस्था गर्ने जानकारी दिँदै यसैको सहयोगले निर्णय लिन सहज बनाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।