काठमाडौं- वर्षा राउत र सौगात मल्लले जोडी बाँधेको 'मेरो पैसा खोई' कार्तिक ९ गते रिलिज हुने भएको छ। पोस्टप्रोडक्सनको अन्तिम चरणमा पुगेको फिल्म कार्तिक ९ मा आउने फिल्मका निर्माता रोज राणाले जानकारी दिएका छन्।
उनले फिल्मको गीत र ट्रेलर आगामी साता रिलिज हुने जनाएका छन्। फिल्ममा सौगात र वर्षाका अलावा छुल्ठिम गुरूङ, रविन तामाङ, बुद्धि तामाङ, कमलमणी नेपाल आदिको अभिनय छ। फिल्मबाट नवअभिनेता सागर तिवारीले डेब्यू गर्दै छन्।

कार्तिक ९ मै रमेश उप्रेतीले अमेरिकाबाट फर्किएपछि अभिनय गरेको दोस्रो फिल्म एवं उप्रेतीकै होमप्रोडक्सन 'ऐश्वर्य' रिलिज हुने घोषणा भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।