नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ श्रावण २२ बुधबार | Wednesday, August 07, 2019 १९:२२:०० मा प्रकाशित

काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू

१) गोंगबु बसपार्कसँग सम्बन्धित सम्झौताका फाइल झिकाउन सर्वोच्चको आदेश, मूल तथा पूरक सम्झौताको सक्कल समेत माग

२) नेपाल वायु सेवा निगम सुधारका लागि सुझाव दिन पाँच सदस्यीय कार्यदल गठन, निजगढ विमानस्थल विश्वकै उत्कृष्ट बनाउनेदेखि पाइलट स्कुलको समेत स्थापना गरिने

३) पानी किनेर खानुपर्ने अवस्थाको अन्त्य गर्न सांसदको माग, खानेपानीको स्रोत संरक्षण प्राथमिकतामा राख्न समेत सुझाव

४) टी–२० वरियतामा पारसको छलाङ, २७ स्थान सुधार गर्दै ६६ औँ स्थानमा, धोनी र गेललाई पनि उछिन्न सफल

५) र, काश्मीर विवादमा पाकिस्तानद्वारा सात सदस्यीय समिति गठन, काश्मीर अत्याचारका कुरा फोरममा उठाउने प्रधानमन्त्री खानको भनाइ

पूरा समाचार भिडियो हेर्न भिडियोमा क्लिक गर्नुहोस्।