काठमाडौं- एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा लगातार तेस्रो खेलमा जित निकालेको नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले बिहीबार सिंगापुरलाई ७ विकेटले पराजित गरेको हो । सिंगापुरले दिएको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको जितमा सन्दीप जोराले ७, सुमित महर्जनले १०, सन्दीप सुनारले २० तथा आसिफ शेखले ६ र अनिल साह १८ रन जोडे।
पहिले ब्याटिङ गरेको सिंगापुर २८.३ ओभरमा ६७ रनमा अलआउट भयो । सिंगापुरको इनिङ ध्वस्त पार्न नेपालका लागि पवन शर्राफले ६ विकेट हात पारे । यस्तै, किशोर महतोले २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट लिए।
तस्बिरमा हेर्नुहोस्, नेपाल र सिंगापुरबीचको खेलका झलक:









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।