काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १३ दिनमा २ अर्ब खर्च, अनावश्यक खर्च गरेको भन्दै चौतर्फी आलोचना भइरहँदा सरकार भन्छ– ऐतिहासिक सफलता
२) लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक सुचारु, ७ सदस्यीय अध्ययन तथा सुझाव विशेष समिति गठन गर्ने सहमति
३) सरकारले आफ्ना निर्देशनहरु पालना नगरेको भन्दै राष्ट्रिय सरोकार समितिको असन्तुष्टि, सरकारलाई थप जिम्मेवार बनाउन प्रयास गर्ने
४) वेस्ट इन्डिज विरुद्वको टी–ट्वेन्टी क्रिकेट शृंखलामा भारत विजयी, अन्तिम खेलअघि नै भारतद्वारा शृंखला कब्जा
५) र, काश्मीरप्रतिको भारतीय कदम राष्ट्रसंघको प्रस्ताव विपरीत रहेको पाकिस्तानको भनाइ, पाकिस्तानलाई मात्र होइन जम्मू–काश्मीरका लागि समेत स्वीकार्य नहुने पाकिस्तानी विदेशमन्त्रीद्वारा स्पष्ट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।