काठमाडौं– एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपालले लगातार तेस्रो खेलमा जित निकालेको छ। नेपालले बिहीबार सिंगापुरलाई ७ विकेटले पराजित गरेको हो। सिंगापुरले दिएको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो।
नेपालको जितमा सन्दीप जोरा ७ र सुमित महर्जन १० रनमा नटआउट रहे।
ओपनर सन्दीप सुनारले २० तथा आसिफ शेखले ६ रन जोडे। सन्दीपले ३५ बल खेलेर २ चौका हिर्काए। अनिल साह १८ रनमा आउट भए। अनिलले १५ बल खेलेर ३ चौका प्रहार गरे।
यसअघि मलेसियाको क्लब अमनमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर २८.३ ओभरमा ६७ रनमा अलआउट भयो। सिंगापुरको इनिङ ध्वस्त पार्न नेपालका लागि पवन शर्राफले उत्कृष्ट बलिङ गरे। पवनले ६ विकेट हात पारे। यस्तै किशोर महतोले २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट लिए।
पवनले ८ ओभरमा ४ मेडन राखेर १२ रन खर्चिए। किशोरले ५ ओभरमा १ मेडन फ्याँक्दा १४ रन दिए। सिंगापुरका लागि सिद्धान्त र सुनील उचिलले समान २०–२० रनको योगदान गरे ।
जितपछि नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले सेमिफाइनलमा अब हङकङ वा मलेसियामध्ये एक टिमसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
यसअघि नेपालले बुधबार भुटानलाई ९ विकेटले हराएको थियो। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। फाइनलमा पुग्ने दुई टिम एसिया कपमा छनोट हुनेछन्।
नेपालको ब्याटिङ स्कोरकार्ड

सिंगापुरकाे बलिङ स्कोरकार्ड

सिंगापुरको ब्याटिङ स्कोरकार्ड

नेपालको बलिङ स्कोरकार्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।