काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) झुठो विवरण पेस गरी नागरिकता लिने ८ जनाको नागरिकता रद्द गर्ने सरकारको निर्णय, मंसिर १४ गते तीनै तहको उपनिर्वाचन समेत गरिने जानकारी
२) अख्तियारद्वारा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार विरुद्ध भ्रष्टाचार मुद्दा दायर, १ करोड २८ लाख घुस लिएको पुष्टि
३) सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई अर्थमन्त्रीको निर्देशन, सरकारले स्वच्छ र पारदर्शी व्यवसाय चाहेको उल्लेख
४) १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता सागको तयारीका लागि ५ संसदीय उपसमिति गठन, प्रतियोगिताको तयारीका लागि सरकारले उच्च प्राथमिकता दिनुपर्ने उपसमितिद्वारा स्पष्ट
५) र, सुपुर्दगीसम्बन्धी विधेयकका विषयलाई लिएर हङकङमा सुरु भएको प्रदर्शन झनै चर्कंदै, बेइजिङ र चिनियाँ सेनाले दियो कडा चेतावनी
पूरा समाचार भिडियोमा हेर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।