क्याम्प नेउ– बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीको प्रतिभाबाट को अनभिज्ञ होलान? ट्याटुप्रति उनको पागलपना पनि कसैसँग लुकेको छैन्। उनी जति राम्रा फुटबल खेलाडी हुन्, त्यति नै ट्याटुप्रति आशक्त राख्न खेलाडी पनि।
उनले पछिल्लो समय सार्वजनिक रुपमा आफ्नो श्रीमतिप्रतिको प्रेमलाई उजागर गर्न शरीरमा अर्को ट्याटु खोपेका छन्।
मेसीले पेटको बायाँतर्फ मुनी श्रीमति आन्टोनेला रोक्युजोको ओठको डिजाइनमा ट्याटु खोपेका हुन्। रातो रंगमा खोपिएको यो ट्याटुलाई उनले आफ्नो इन्स्टाग्रामबाट सार्वजनिक गरेका हुन्।

लामो समय बार्सिलोनामा सँगै बसेर मेसीले यसै वर्षको जुलाईमा आन्टोनेलासँग विवाह गरेका थिए। उनीहरुबाट पहिले नै २ बच्चा भइसकेको छ। गत २४ जुनमा ३० वर्ष टेकेका मेसी २००८ देखि सँगै बस्दैँ आइरहेका छन्। मेसी र आन्टोनेलाको ४ वर्षको थियागो र २ वर्षको माटियो छोरा छन्। उनीहरु २५ वर्षदेखि एकअर्कालाई चिन्ने गर्छन्। मेसी पाँच वर्षको हुँदा देखि नै उनीहरु साथी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।