वाराणसी– हिन्दी फिल्मका पूर्व नायक सुनिल दत्तको निधन भएको १२ वर्ष पुगिसेको छ। तर, छोरा सञ्जय दत्तले पहिलो पल्ट पिण्डदान गरेका छन्। हिन्दु मान्यताअनुसार अहिले सोह्र श्राद चलिरहेको छ। यतिबेला निधन भएका परिपारका सदस्यलाई पिण्डदान दिने चलन छ।
सधै विवादमा घेरिने सञ्जयले यसअघि बुवाको पिण्डदान गर्न पाएका थिएनन्। उनले बनारसको चर्चित रानीघाटमा गएर पिण्डदान गरेका हुन्। सञ्जयले आफ्नो बुवाको इच्छा पुरा गर्न बनारसको घाट आएको बताए।
हिन्दु पुराणमा काशीमा मृत्यु वरण गर्नेले बैकुण्ठको बास पाउने लेखिएको छ। जसको निधन काशीमा हुँदैन, त्यस्ता व्यक्तिको नाममा काशीमा पिण्डदान गर्दा मुक्ति मिल्ने अन्धविश्वास छ। उनले आफ्ना पूर्वज बुवा–आमा, आमा र बुवा दुबै पट्टिका हजुरबुवा–हजुरआमालाई पिण्डदान गरेका थिए।
सुनिल दत्तको निधन २००५ मा भएको थियो। उनको आमा नरगिसले १९८१ मा मृत्युवरण गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।